बलात्कार बिरुद्ध सडकमा उत्रिए किशोरी

by समतल अनलाइन

बुटवल ।बुटवलकाे सडकमा कालाे पाेशाक लगाएर किशाेरीले बलात्कार बिरुद्धकाे अभियान शुरु गरेका छन् । देशभर बालिका तथा किशोरी बलात्कारका घटनाहरु बढेपछि सामाजिक सञ्जालमा पनि कालो रङ्गको प्रोफाइल राखेर विरोध चलिरहेको बेला बुटवलकाे सडकमा प्लेकार्ड सहित युवतीहरु बिराेधमा उत्रिएका हुन् ।

‘जो बोल्दैन उ बलात्कारी,जो सुन्दैन उ बलात्कारी , तिमी बलात्कारी’ अर्थात् बलात्कार विरुद्ध नबोल्ने ,नसुन्ने र आवाज नउठाउने पनि बलात्कारी हो भन्दै उनीहरुले बलात्कार विरुद्ध आवाज उठाउन विरोध प्रदर्शन गरिएकाे कार्यक्रम संयोजक सुष्मा न्यौपानेले बताइन्

भैरहवा–बुटवल सडकखण्ड अन्तर्गत बुटवल–११ , कालिकानगरमा कालो पहिरनमा मौन विरोध जनाएका थिए । उता तिलाेत्तमा क्षेत्रमा पनि कालाे पहिरनमा बिराेध सहित अभियान चलाइएकाे स्थानीय युवा आयुसा कडेंलले बताइन् ।

 
 
  
 

You may also like