स्वयंसेवी रक्तदाता समाजको ९१ औं रक्तदान

by समतल अनलाइन

बुटवल । नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीको ९१ औं नियमित रक्तदान कार्यक्रम आज बुटवलमा सम्पन्न भएको छ । सत्य श्री साईबाबा सप्लायर्सको सह–आयोजनामा तथा रक्तसंचार सेवा केन्द्र ब्लड बैक बुटवलको प्राविधिक सहयोगमा आज रक्तदान गरेको हो ।

कार्यवाहक अध्यक्ष भिष्म केसीको अध्यक्षतामा भएको कार्यक्रमको नेपाल स्वस्थ्य अनुसन्धान परिषद् लुम्बिनी प्रदेशका डा. प्रशान्त आचार्यले उद्घाटन गर्दै रक्तदानको महत्वबारे प्रकाश पार्नुभएको थियो । कार्यक्रम संयोजक अर्जुन प्रसाद पौडेलले १ सय ५० जना स्वयंसेवी रक्तदाताहरु कार्यक्रममा सहभागि भएको बताउनु भएको छ ।

 
 
  
 

You may also like