रुपन्देहीमा शुक्रबार थपिए ११८ जना कोरोना संक्रमित

by समतल अनलाइन

बुटवल । रुपन्देहीमा थप ११८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस सँगै रुपन्देहीमा जम्मा संक्रमितको संख्या ३ हजार ४ सय १६ जना पुगेको छ ।

जिल्ला स्वास्थ्य रुपन्देहीका अनुसार बुटवलमा ६७ जना तिलोत्तमामा १७ जना, सिद्धार्थ नगरमा १६ जना, कोटहिमाईमा ६ जना, देवदहमा ५ जना, सैनामैनामा २ जना तथा मायादेबी, रोहिणी, गैडहवा, सियारी र लुम्बिनी साँस्कृतिक नगरपालिकामा १।१ जना कोरोना संक्रमित थपिएका छन् ।
जिल्लामा अहिलेसम्म ३३ जना संक्रमितको ज्यान गएको छ ।

 
 
  
 

You may also like