बुटवलमा शुक्रबार थपिए ३२ जना कोरोना संक्रमित

by समतल अनलाइन

बुटवल । बुटवल उप-महानगरपालिकामा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस सँगै बुटवलमा कोरोना संक्रमितको संख्या १ हजार ४ सय १५ पुगेको  छ ।

बुटवल उप – महानगरपालिकाका अनुसार वडाहरु  ३ मा २ जना , ४ मा ३ जना , ५ मा १ जना ६ मा ६ जना , ७ मा ३ जना , ८ मा २ जना , ९ मा ६ जना , १० मा २ जना , ११ मा ६ जना , १३ मा १ जना गरि ३२ जनामा कोरोना पुष्टि भएको छ ।  भने सक्रिय संक्रमितको संख्या ५९० जना रहेको छ । ८२५ जना डिस्चार्ज भैसकेका छन् ।

 
 
  
 

You may also like