पाल्पाको रम्भा गाँउपालिकामा ज्यान गुमाएका प्रति काग्रेस पाल्पाद्वारा दुख ब्यक्त

by समतल अनलाइन

पिडित परिवारलाई राहत व्यवस्था गर्न सरकार सँग माग 
पाल्पा ।पाल्पाको रम्भा गाउँपालिकामा पहिरो जाँदाएकै घरका  पाँच जनाले  ज्यान गुमाएको  प्रति  नेपाली कांग्रेस प्रदेश सभा क्षेत्रीय समिति ख ले दुख ब्यक्त गरेको छ  ।

गत बिहिबार नेपाली कांग्रेस प्रदेश सभा क्षेत्रीय समिति ख का सभापती विष्णु कुमार थापाले  प्रेस  बिज्ञप्ति जारी गर्दै रम्भा गाउँपालिका–२ का होमबहादुर गाहाको परिवारलाई गहिरो दुःख व्यक्त गर्दै संवेदनशिलता प्रती सहानुभूति प्रकटगरेका हुन । घटनाको क्षतिको विवरण ल्याई पिडित परिवारलाई राहतको व्यवस्था गरि पहिरोको जोखिममा रहेका बासिन्दालाई तत्काल स्थानन्तरण गर्न स्थानीय सरकार , प्रदेश सरकार , केन्द्रीय सरकार सँग माग गरेको छ ।

विज्ञप्ति

 
 
  
 

You may also like