भारतमा कोरोना संक्रमणबाट १ लाखभन्दा बढीको मृत्यु

by समतल अनलाइन

काठमाडौं । भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख नाघेको छ ।पछिल्ला केही साता यता दैनिक एक हजारभन्दा बढीको कोरोनाले नै मृत्यु हुन थालेको भारतमा शनिबार यो समाचार तयार पार्दासम्म मृतक संख्या १ लाख ८७३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ थप १ हजार ६९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।दैनिक संक्रमित संख्यामा बृद्धि हुँदै गएको भारतमा पछिल्लो २४ घण्टामा ७९ हजारभन्दा बढीमा संक्रमण देखिएको छ ।

शनिबार ७९ हजार ७७४ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ६४ लाख ७१ हजार ७३४ पुगेको छ ।संक्रमितमध्ये अहिलेसम्म ५४ लाख २४ हजार ९३४ जना संक्रमणमुक्त भएका छन् भने ९ लाख ४५ हजार ९१८ जनाको उपचार भइरहेको छ ।

 
 
  
 

You may also like