नेपालमा कोरोनाबाट थप ११ जनाको मृत्यु

by समतल अनलाइन

काठमाडौँ । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप ११ जनाको मृत्यु भएको औपचारिक रुपमा पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा मृत्यु हुनेमा ४ जना महिला र ७ जना पुरुष रहेका छन् ।मृत्यु हुने महिलामा भक्तपुरका दुई जना ६१ र ५१ बर्षिय महिला रहेका छन् भने काठमाडौँकी ६७ बर्षिय र सुर्खेतकी ७५ बर्षिय महिला रहेकी छन् ।

त्यस्तै मृत्यु हुने पुरुषमा ललितपुरका दुई जना ३२ र ७० बर्षिय पुरुष रहेका छन् भने बाँकेका दुई जना ५२ र ५९ बर्षिय पुरुष रहेका छन् ।

त्यस्तै मोरङका २७ बर्षिय पुरुष, मकवानपुरका ७८ बर्षिय र रुपन्देहीका ६० बर्षिय पुरुष रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५२० पुगेको छ । नेपालमा अहिले कोरोनासंक्रमणबाट मृत्यु हुनेको प्रतिशत ०.६५ रहेको मन्त्रालयले जानकारी दिएको छ ।

 
 
  
 

You may also like