सिद्धार्थ राजमार्ग विस्तारबारे जनप्रतिनिधिसँग छलफल

by समतल अनलाइन

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सिद्धार्थ राजमार्गको स्तरोन्नति तथा विस्तारका सम्बन्धमा स्याङ्जा जिल्लाका जनप्रतिनिधिहरुसँग छलफल गरेकी छन् ।

सो राजमार्ग विस्तारका सम्बन्धमा देखिएका समस्याबारे मन्त्री अर्यालले जिल्लाका जनप्रतिनिधिसँग आज मन्त्रालयमा छलफल गरेकी हुन् । उचित जनगुनासा तथा राजमार्गका कारण जनताले पटकपटक बेहोर्नुपरेको क्षति सम्बोधन गर्नुपर्ने मन्त्री अर्यालले सो छलफलमा बताइन् । ‘‘सिद्धार्थ राजमार्ग अत्यन्तै महत्वपूर्ण छ, यससँग विकासका कुराहरु जोडिएका छन्,’’ मन्त्री अर्यालले भनिन्, ‘‘ सडक विस्तारका क्रममा जनताले असजिलो भोग्नुपरेका गुनासा पनि आइरहेका छन् । पटक–पटक जनता मर्कामा पर्ने कुरालाई पनि सम्बोधन गर्दै राजमार्गको विस्तार कार्य सम्पन्न गर्नुपर्छ ।’’

सडक विभागका महानिर्देशक केशव शर्माले कतिपय विषयमा स्थानीय तहले पनि आफ्नो योजना बनाएर काम गर्नसक्ने बताए । पुतलीबजार नगरपालिकाका प्रमुख सीमा क्षेत्रीले सिद्धार्थ राजमार्गका जनताले सबैभन्दा छिटो समाधान खोजेको बताए ।

 
 
  
 

You may also like