गुल्मीदरवारमा ” कस्तो छ आमा ” कार्यक्रम सुरु

by समतल अनलाइन

तारा कंडेल
गुल्मी । गुल्मीदरबार गाउँपालिकाले आ.व. २०७७/०७८ को नीति तथा कार्यक्रम अनुसार “कस्तो छ आमा ” कार्यक्रमको औपचारिक सुरुवात गरेको छ । ७ औं परिवार योजना दिवको शुअवसरमा कार्यक्रम सम्बन्धी अभिमुखीकरण कार्यक्रम संचालन गरिएको हो ।

अभिमूखीकरण कार्यक्रमम गाउँपालिकाका अध्यक्ष अशोक कुमार थापाको अध्यक्षता, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेको प्रमुख आतिथ्यता, वडाध्यक्ष र कार्यपालिका सदस्यहरुको विशेष उपस्थिति रहेको थियो। त्यस्तै पालिकास्तरीय राजनैतिक दलका प्रमुख, पत्रकार, पालिकाका स्वास्थ्य इकाईका इन्चार्ज तथा कर्मचारीहरुको पनि कार्यक्रममा उपस्थिति रहेको थियो । स्वस्थ आमा¸ स्वस्थ बच्चा¸ पोषण¸ संस्थागत प्रसुती लगायतका विभिन्न प्याकेजको एकीकृत रुप”कस्तो छ आमा” रहेको बताइएको छ । कार्यक्रमबारे स्वास्थ्य अधिकृत नारायणप्रसाद अर्यालले प्रकाश पार्दै अभिमुखीकरण कार्यक्रममा सहजिकरण गर्नु भएको थियो भने कार्यक्रमको संचालन सिर्जना पोख्रेलले गर्नुभएको हो । अध्यक्ष अशोककुमार थापाले समृद्ध र सुखी पालिका निर्माणको अभियानमा हामी सम्पूर्ण जनप्रतिनिधि लागेको हुँदा स्वस्थ नागरिक निर्माणको लागि कस्तो छ आमा कार्यक्रमले सहयोग पुग्ने अपेक्षा गर्दै कार्यक्रमको सफलता पूर्वक र प्रभावकारी रुपमा संचालनको लागि आवश्यक व्यवस्था मिलाउने प्रतिवद्धता जाहेर गर्नु भयो । कार्यक्रममा प्रमुख अतिथि प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले सुरक्षित र संस्थागत प्रसुती गराई गर्भवती र सुत्केरी आमा र स्वस्थ बच्चाको बनाउनको लागि यो कार्यक्रम प्रभावकारी हुने हुँदा सम्पूर्ण स्वास्थ्यकर्मी कर्मचारीहरुले वार्षिक कार्ययोजना बनाई कार्यक्रमलाई प्रभावकारी रुपमा संचालन गर्न निर्देशन दिनुभयो । कार्यक्रममा वडा नं २ का अध्यक्ष ‍हरीहर गौतम, कार्यपालिका सदस्य तुल्सी अर्यालले कार्यक्रमलाई प्रभावकारी रुपमा संचालन गर्न जनप्रतिनिधिको तर्फबाट कुनै पनि कसुर बाँकी नराखीने प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा नेकपाका पालिका इन्चार्ज शेरबहादुर सर्तुङ्गी, नेपाली काँग्रेस पालिका सचिव रामबहादुर थापाले कार्यक्रमलाई प्रभावकारी रुपमा संचालन गर्न राजनैतिक दलको तर्फबाट सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । पत्रकार महासंघ गुल्मी शाखाका सचिव टोपलाल अर्यालले कार्यक्रम आफैमा राम्रो र नयाँ भएको हुँदा प्रभावकारी रुपमा संचालन होस् भन्दै शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रममा पत्रकार नविन कार्की, रमेश विश्वकर्मा लगायतको उपस्थिति रहेको थियो

 
 
  
 

You may also like