बुटवलमा ४५ जनासहित रुपन्देहीमा थपिए ७६ जना कोरोना संक्रमित

by समतल अनलाइन

बुटवल।रुपन्देहीमा शुक्रबार थप  ७६ जना कोरोना संक्रमण पुष्टि भएको छ  । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार २४ घण्टामा  ३१ महिला र ४५ पुरुष गरी ७६ जनामा संक्रमण पुष्टि भएको हो ।यस सँगै जिल्लामा सक्रिय संक्रमितको संख्या ७ सय ६५ पुगेको छ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार सबैभन्दा बढी बुटवल उपमहानगरपालिकामा २१ महिला र २४ पुरुष गरी ४५ जना संक्रमित थपिएका छन्। त्यस्तै रोहिणी गाउँपालिकामा १४ जना, तिलोत्तमा नगरपालिकामा ९ जना, सिद्धार्थनगरमा ३ जना, देवदह, सियारी, सैनामैना, ओमसतिया, र कञ्चन गाउँपालिकामा १/१ जनामा संक्रमण पुष्टि भएको छ।

आज थपिएका संक्रमितसँगै जिल्लामा कुल संक्रमितको संख्या १ हजार ९ सय ४२ पुगेको शाहले जानकारी दिए।कार्यालयले दिएको तथ्याङ अनुसार हाल सम्म २० जनाको मृत्यु भएको छ। जिल्लाका विभिन्न क्षेत्रबाट ११५७ जना निको भएर फर्किसकेका छन् भने ७६५ जना सक्रिय संक्रमित विभिन्न आइशोलेशनमा उपचाररत छन्।

 
 
  
 

You may also like