नेपाली महिला बेचबिखनको क्षेत्र र प्रयोजन फैलिँदै

नेपाली महिलाको बेचबिखनको क्षेत्र र प्रयोजन फैलिँदै गएको छ । विश्वका विभिन्न देशमा विविध स्वरूपमा मानिसको बेचबिखन हुने गरेको छ । भारतमा बेचिने प्रवृत्ति अहिले खाडी मुलुक र अफ्रिकी मुलुकमा फैलिएको छ । दक्षिण एसियाकै श्रीलङ्का, माल्दिभ्सलगायत देशमा समेत महिला यौन शोषणका लागि पु¥याइएका जानकारी प्रहरीमा आउने गरेका छन् । होटल तथा रेस्टुराँहरूमा रोजगारी दिने प्रलोभनमा पारी नेपाली महिलालाई बाध्यात्मक श्रम र यौन शोषणका लागि ती देशमा पु¥याइने गरेको पाइन्छ । नेपाल सरकारले मानव बेचबिखनलाई रोक्ने कार्यलाई उच्च प्राथमिकतामा राखे पनि परिणाम भने आशलाग्दो आएको देखिँदैन ।

नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रहरी उपरीक्षक (एसपी) गोविन्द थपलियाले यौनदासीका रूपमा भारतमा बेचिने प्रवृत्ति अहिले खाडी मुलुक र अफ्रिकी मुलुकमा फैलिएको बताउनुभयो । उहाँले भन्नुभयो, “दक्षिण एसियाकै श्रीलङ्का, माल्दिभ्सलगायत देशमा समेत महिला यौन शोषणका लागि पु¥याइएका सूचनाहरू आउने गरेका छन् । ” नेपाल प्रहरीमा आर्थिक वर्ष २०७५/७६ मा मात्र १९० मुद्दा दर्ता भएका छन् । २०७४/७५ मा जम्मा ३०५ वटा बेचबिखन र ओसारपसारका मुद्दा दर्ता भएका थिए ।

औषधोपचार, लोभलालच, विवाह, आफन्त भेटाउने, धाकधम्की, ललाइफकाई, जागिरको प्रलोभन, विदेश घुम्नेजस्ता बहानामा मानव बेचबिखन र ओसारपसार हुने गरेको भनाइ प्रहरीको छ । यस्ता घटनाका अधिकांश प्रभावित भने बालक र पुरुषभन्दा बालिका र महिला हुने गरेको तथ्याङ्क छ । याे समाचार मंगलबारको गोरखापत्र दैनिकमा शान्ति लामाले लेखिएकी छन् ।

 
 
  
 

You may also like