सैनामैनामा कोरोना जित्नेको संख्या बढ्दै, आज ११ जना डिस्चार्ज

by समतल अनलाइन

सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिकामा कोरोना जित्नेको संख्या बढ्दै गएको छ ।शुक्रबार एक कार्यक्रमका विच सैनामैना नगरपालिकाका नगरप्रमुख चित्र बहादुर कार्कीले कोरोना जितेकाहरुलाई सम्मान सहित विदाई गर्नु भएको हो । कार्कीले संक्रमितहरुलाई समाजमा सम्मान , सद्भाव र उहाँहरुको मनोबल उच्च हुने खालको व्यवहार गर्न सबैमा आग्रह समेत गर्नुभयो ।

शुक्रबार बिहानको तथ्याक अनुसार कुल ९३ संक्रमित मध्ये ७३ जनाले कोरोना जितेर घर फर्किएको सैनामैना नगरपालिका स्वास्थ्य शाखाका प्रमुख हेमराज पन्थीले जानकारी दिनुभयो ।

पन्थीका अनुसार सैनामैना १ बनकट्टा स्थित पद्मपाणि योग तथा प्राकृतिक चिकित्सालयमा रहेको कोभिड अस्पतालबाट शुक्रबार ११ जना डिस्चार्ज भएका छन् । जसमा ६ जना पुरुष र ५ जना महिला हुन् ।

हाल कोरोना अस्पतालमा १२ जना, होम आईसोलेशनमा २ जना र ५ जना रुपन्देहीका विभिन्न अस्पतालमा उपचाररत छन् ।अहिले सम्म नगरमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भइसकेको छ ।

 
 
  
 

You may also like