ओम छिनाल र रुपा कडेलको दम्दार अभिनयमा मन मुटुमा बस्नसफल र मलामको रूपमा सावित लोक दोहोरी गीत ” कहाँ छौ कहाँ” सार्वजनिक

by समतल अनलाइन

हरि पाठक
गुल्मी। नेपालि गीत संगीतमा पछिल्लो समयमा चर्चित नाम हो मौसम गुरुङ । गायक गुरुङले गाएका हरेक गीतहरु उतिकै चर्चाको शिखरमा रहने गरेका छन् । त्यस्तै नेपाली गीत संगीत प्रेमीका लागि फेरी कहाँ छौ कहाँ बजारमा लिएर अाएका छन् । जुन गितमा लय ओम छिनालको छ भने देवेन शर्माको शब्द रहेको गीतमा गायक मौसम गुरुङ र देबी घर्तीको सुमधुर आबाज रहेको छ ।

सर्जक छिनाल पनि पछिल्लो समय नेपालि सांगीतिक बजारमा छुट्टै पहिचान बनाएका सर्जकक‍ो नाम हो । छिनालाका हरेक सृजना आम दर्शक स्रोताको मन मुटुमा बस्न सफल रहेका छन् । गीतसंगीत भने पछि मरिमेट्ने र भाव बोकेका हुने हुदा छिनालाका हरेक सृजना प्रेरणा र पिडादाईमा मलामको रूपमा अाम दर्शक श्रोताले लिने गरेको पाइन्छ।

यस गीतको म्युजिक भिडियोमा बबिता श्रेष्ठको निर्देशन रहेको छ भने बासु बरालको छायांकन रहेको गीतको म्युजिक भिडियोलाई राजेश कुमारले सम्पादन गरेका हुन् साथै उक्त म्युजिक भिडियोमा ओम छिनाल र रुपा कडेलको दम्दार अभिनय समेत देख्न पाइन्छ। यस गीतलाई गायक मौसम गुरुङ अफिसियल युट्युब च्यानलबाट सार्बजनिक गरिएको छ ।हेरौ सोही भिडियो :

 
 
  
 

You may also like