थप १२ सय ४६ जनामा कोरोना पुष्टि, कुल संक्रमितको संख्या ५९ हजार नाघ्यो

by समतल अनलाइन

काठमाडौं । नेपालमा थप १२ सय ४६ जनामा कोरोना पुष्टि भएको छ
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले देशभर कुल १२ सय ४६ जना संक्रमित थपिएको जानकारी दिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या ५९ हजार ५७३ पुगेको छ ।

नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या १६ हजार २४१ रहेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा १२ सय ४३ जना डिस्चार्ज भएका छन् भने अहिलेसम्म ४२ हजार ९४९ जना विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ७२ रहेको प्रवक्ता गौतमले बताएका छन् ।

पछिल्लो २४ घण्टामा १० हजार ६४१ पिसिआर परिक्षण भएको छ भने नेपालमा अहिलेसम्म कुल पिसिआर ८ लाख ८२ हजार ९१५ पुगेको छ ।

त्यस्तै क्वारेन्टाइनमा ७ हजार ८८३ जना रहेका छन् भने संस्थागत आइसोलेसनमा ७ हजार ९०३ जना रहेका छन् । त्यस्तै होम आइसोलेसनमा रहेकाको संख्या ८ हजार ३३८ जना रहेका छन् ।

त्यस्तै देशभर भेन्टिलेटरमा ३९ जना रहेका छन् भने आइसीयुमा उपचारत देश भर १८२ जना रहेका छन् ।

 
 
  
 

You may also like