सिटिईभिटीईसँग आवद्द रहेका रुपन्देहीका शैक्षिक सँस्थाहरुले विभिन्न विषयहरुमा भर्ना खोले

by समतल अनलाइन

बुटवल।सिटिईभिटीईसँग आवद्द रहेका शैक्षिक संस्थाहरुले विभिन्न विषयहरुमा भर्ना खोलेका छन् । फोरम फर टेक्निकल साइन्स  रुपन्देहीले एक सुचना जारी गरेको छ । रुपन्देही जिल्लामा रहेको १४ वटा शैक्षिक संस्थामा सिटीईभिटीइका विभिन्न कार्यक्रमहरुको लागि भर्ना खोलिएको हो ।

जस अन्तर्गत  तिलोत्तमा २ शंकरनगरको एडभान्स स्टडी अफ हेल्थ साइन्सले स्टाफ नर्सको लागि भर्ना आह्वान गरेको छ। बुटवल जितगढीमा रहेको देउराली जनता प्राविधिक शिक्षालयमा स्टाफ नर्ससँगै कृषि जेटिए, भेटनरी जेटिए , देवदह मेडिकल कलेज एण्ड रिसर्च इन्स्टिच्युटमा स्टाफ नर्स र एचए, लिट्स कलेजमा डिप्लोमा इन फार्मेशी, डिप्लोमा इन ल्याब टेक्निसियन र एचए, क्रिमसन टेक्निकल कलेजमा डिम्लोमा इन सिभिल इन्जिनियरिङ र डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ, लुम्बिनी हस्पिटल एण्ड टेक्निकल कलेजमा स्टाफ नर्स, मायादेवी टेक्निकल कलेजमा स्टाफ नर्स, एच ए, डिप्लोमा इन फार्मेशी, डिप्लोमा इन ल्याब टेक्निसियनमा भर्ना खुलेको हो।

त्यसैगरी वेस्टर्न हेल्थ साइन्स एकेडेमीमा डिप्लोमा इन ल्याब टेक्नोलोजी र लुम्बिनी इन्जिनियरिङ कलेजमा डिप्लोमा इन सिभिल इन्जिनियरिङ, डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ, डिप्लोमा इन इलेक्ट्रिकल इन्जिनियरिङको लागि भर्ना खुलेको छ।

मेडिटेक इन्टरनेश्नल एकेडेमी प्रालिमा एचए र स्टाफ नर्स, रम्भादेवी मेडिकल एन्ड टेक्निकल कलेजमा एचए, डिप्लोमा इन ल्याब टेक्निसियन, डिप्लोमा इन सिभिल इन्जिनियरिङ, सिभिल सब ओभरसियर, सञ्जीवनी कलेज अफ मेडिकल साइन्समा स्टाफ नर्स, शुभकामना टेक्नीकल कलेजमा स्टाफ नर्सका लागि भर्ना खुलेको छ।

 
 
  
 

You may also like