वामदेव गौतम राष्ट्रियसभा सदस्यमा मनोनित

by समतल अनलाइन

काठमाडौं।नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतम राष्ट्रियसभा सदस्य मनोनित भएका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार दिउँसो गौतमलाई राष्ट्रियसभा सदस्य मनोनित गरेकी हुन्।गत सोमबार बसेको मन्त्रिपरिषद बैठकले गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गर्न सिफारिस गरेको थियो।

मन्त्रिपरिषदको निर्णय बमोजिम राष्ट्रपतिले गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गरेको राष्ट्रपति भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार गौतम मनोनयन भएको सूचना अब संसद सचिवालयमा जानेछ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले बुधबार गौतमको सिफारिस राष्ट्रपति कार्यालय शीतल निवास पठाएको थियो।

राष्ट्रपतिबाट मनोनित हुने १ जना सांसद गत फागुनदेखि राष्ट्रियसभामा खाली छ।

२०७४ को निर्वाचनमा बर्दिया क्षेत्र नं १ बाट पराजित भएका गौतमलाई नेकपाले राष्ट्रियसभामा पठाएको हो ।

 
 
  
 

You may also like