नेपालमा कोरोनाबाट थप ८ सहित ३७९ जनाको मृत्यु

by समतल अनलाइन

काठमाडौँ । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप ८ जनाको मृत्यु भएको औपचारिक रुपमा पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा मृत्यु हुनेमा ४ जना महिला र ४ जना पुरुष रहेका छन् ।मृत्यु हुने महिलामा काठमाडौँका दुई महिला ७१ बर्षिय र ७४ बर्षिय रहेका छन् भने बाराकी ४६ बर्षिय तथा काभ्रेकी ५५ बर्षिय महिला रहेका छन् ।

त्यस्तै मृत्यु हुने पुरुषमा सुनसरीका ७० बर्षिय, सप्तरीका ३५ बर्षिय, काभ्रेका ४१ बर्षिय तथा कास्कीका ७० बर्षिय पुरुष रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३७९ पुगेको छ ।

 
 
  
 

You may also like