एकै दिन १५ सय ३९ संक्रमित थपिए, कुल संक्रमितको संख्या ५८ हजार नाघ्यो

by समतल अनलाइन

काठमाडौं । नेपालमा थप १५ सय ३९ जनामा कोरोना पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले देशभर कुल १५ सय ३९ जना संक्रमित थपिएको जानकारी दिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या ५८ हजार ३२७ पुगेको छ ।

नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या १६ हजार २४२ रहेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा १०६८ जना डिस्चार्ज भएका छन् भने अहिलेसम्म ४१ हजार ७०६ जना विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ७१.५ रहेको प्रवक्ता गौतमले बताएका छन् ।

पछिल्लो २४ घण्टामा १० हजार ४९४ पिसिआर परिक्षण भएको छ भने नेपालमा अहिलेसम्म कुल पिसिआर ८ लाख ७२ हजार २७४ पुगेको छ ।

त्यस्तै क्वारेन्टाइनमा ७ हजार ८२० जना रहेका छन् भने संस्थागत आइसोलेसनमा ८ हजार ५४१ जना रहेका छन् । त्यस्तै होम आइसोलेसनमा रहेकाको संख्या ७ हजार ७०१ जना रहेका छन् ।

त्यस्तै देशभर भेन्टिलेटरमा २६ जना रहेका छन् भने आइसीयुमा उपचारत देश भर १७३ जना रहेका छन् ।

 
 
  
 

You may also like