चट्याङ लागेर गुल्मीमा तीन चौपाया मरे,घरमा जडान बिद्युतीय सामानमा क्षति

by समतल अनलाइन

हरि पाठक

गुल्मी । अबिरल बर्षा सहितको चट्याङ लागेर मुसिकोट नगरपालिका बडा न.१ थामडांडा मा ३ जना सामन्य घाइते भएका छन् भने सोही वडाकै चैनडाडामा ३ चौपाया मरेका छन।वर्षा संगै परेको चट्याङले चैनडांडाका कुल बहादुर जिसी,जुद्व गिरी तथा कृष्ण गिरी तीन जनाका एक/ एक गरी तीन घरमा रहेका भैंसीमा क्षति हुन पुगेको हो भने मानवीय अवस्था भने सामान्य रहेको घरघरका विद्युतिय सामाग्रीमा क्षति पुगेको स्थानियले बताएका छन्।ग्रामीण भेगमा बिद्युतका तार तथा (पोल )खम्बाहरू यत्रतत्र छरिएर रहेका र चट्याङ तथा हावाबाट हुने करेन्ट तथा तरङ्गले क्षति पुग्न गएको स्थानियको भनाई रहेको छ ।

बिगत ४ बर्ष अगाडि पनि भौतिक तथा मानवीय क्षति भएको थियो भने सो घटना पुन दोहोरिएको हो ।घर तथा ट्रासमिटर तथा खम्वा नजिकै ब्यबस्थित वर्थिङ नहुदा र काठबाट बनाइएका पोल,खम्बाहरू त्यति भरपर्दो तबरवाट नबनाइएकै कारण यस्तो घटना हुन पुगेको स्थानियको अारोप समेत रहेको छ ।यो एउटा प्राकृतिक बिपत होला तर यसमा मानवीय निर्मित साधनको पनि सही सदुपयोग र ब्यवस्थापन नहुदा यस्तो समस्या बर्षै पछि भोग्दै अाउनु परेको र यसतर्फ ध्यान नगरपालिका तथा सम्बन्धित पक्षको नगएको स्थानिय बासीले गुनासो गरिरहेका छन् ।

अझै पनि यसतर्फ ध्यान जानू अाबश्यक रहेको , ध्यान समयमै नपुगे ठूलो जनधनको क्षति हुने हुदा नगरपालिका तथा सम्बन्धित पक्षको ध्यान पुग्न र न्युनिकरणमा अाबश्यक कदम चाल्न स्थानियले नगरपालिका संग अाग्रह गरेका छन् ।त्यस्तै सोही वडाकै काउले भन्ने स्थानमा पहिरो जादा गोठ पुरिदा बाख्रा पुरिएको खबर प्राप्त भएको छ ।

 
 
  
 

You may also like