रूपन्देही सेवा समाज युएइ द्वारा मृतकका परिवार लाई सहयोग रकम हस्तान्तरण

by समतल अनलाइन

बुटवल । बुटवल उप महानगरपालिका ११ मजुवा घर भई दुबईमा कार्यरत स्वर्गिय कृष्ण बहादुर खड्काको परिवारलाई राहत स्वरुप रूपन्देही सेवा समाज युएइले सहयोग प्रदान गरेको छ ।रूपन्देही सेवा समाज यूएई का संस्थापक अध्यक्ष बिष्णु (एकादेब) सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बुटवल उपमहानगरका वडा नं. ११ का अध्यक्ष रामचन्द्र खनालको प्रमुख आतिथ्यता साथै संस्थाका सल्लाहकार गितामणि पाण्डे , तोयानाथ लम्साल , गोपाल शर्मा लगायतका जनप्रतिनिधि तथा अन्य समाजसेवीको उपस्थितिमा मृतका परिवारलाई राहत प्रदान गरेको संस्थाका सचिब यूबराज भट्टराईले जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि रहनुभएका वडाध्यक्ष खनालले रूपन्देही सेवा समाजले पहिला पनि यस्ता कार्यहरु गर्दै आएको जानकारी गराउदै सम्पूर्ण सहयोगी मनहरु लाई धन्यवाद दिनु भयो ।

वडाध्यक्ष खनालले वडामा यसरी दुःख पाएका वडावासीहरु लाई सहयोग गरेको देख्दा खुसी ब्यक्त गर्नुभयो । उहाँले कार्यक्रममा बोल्दै आफु खुसी भएको कुरा पनि बताउनु भयो ।

संस्थाका सल्लाहकार गितामणि पाण्डे र जनप्रतिनिधी नकुल साहीले पनि रुपन्देही सेवा समाज युएईले गरेको कार्यको खुलेर प्रसंसा गर्नुभयो ।

त्यस्तै कार्यक्रमको अन्तमा बोल्दै कार्यक्रमका सभापती बिष्णु सापकोटाले यस कार्यक्रममा सहयोग पुर्‍याउने रूपन्देही सेवा समाजका सम्पूर्ण पदाधिकारी,सदस्यहरु लगायत अभियानलाई सफल पार्न रात दिन खटने अभियान कर्ता बाबूराम सुनार , युएइमा हुनुहुने नेपालि राजदूतावास, नेपालि समाज युएइ परिवार, पाल्पाली समाज युएइ परिवार , बिश्वकर्मा समाज युएइ परिवार, कास्कि आदर्स समाज युएइ परिवार,समाजसेवी कैलाश अर्याल पत्रकार उमाकान्त पाण्डे, नेपालि समाज यूएईका महासचिब बेद प्रसाद अर्याल,समाज का निबर्तमान अध्यक्ष हरि प्रसाद चपगाई, ज्ञान ब. केसि नेपाल मा महेन्द्र लगायतलाई बिशेष धन्यवाद दिनु भयो ।

उहाले आउदा दिनहरुमा पनि यस्तै राम्रो कार्य गर्दै जाने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
मृतक कृष्ण बहादुर खड्काको केही समय अगाडी दुबईमा करेन्ट लागेर निधन भएको थियोे । समाजले पहिला काजकिर्या को लागि रू २५०००/- तथा आज १,०४,७००/- गरी जम्मा १,२९,७०० रुपैँया कृष्ण बहादुर खड्काको छोरी को लालनपालन स्वरूप श्रीमती मनिषा खड्कालाई प्रदान गरेको हो । मृतक खड्का ७ महिना देखी दुबईमा कार्यरत थिए । मृतकका परिवारमा उनकी श्रीमती र २ महिनाकी छोरी रहेका छन् । हाल रूपन्देही सेवा समाज यूएई को अध्यक्ष मा धर्म प्रसाद भट्टराई हुनुन्छ।

 
 
  
 

You may also like