एसपी केसिले मटर तस्करहरु लाई तह लगाउदै :१ पिकअप गाडी र २ वटा मोटरसाईकल सहित १४ लाख ४० हजार मूल्य बराबरको अबैध हरियो मटर बरामद

by समतल अनलाइन

पश्चिम् नवलपरासी। पश्चिम् नवलपरासी प्रहरी प्रमुख एसपी अजय केसिले जिल्लामा आएदेखी अबैध काम गर्ने माथी धमाधम एक्सन चाल्न शुरु गर्नु भएको छ। नेपाल बाट भारत तर्फ बेला बेलामा अबैध रुपमा निर्यात गर्ने गिरोह सक्रिय रहेको खबर सार्वजनिक हुँदै आएको थियो।

तर पश्चिम् नवलपरासी प्रहरी प्रमुख एसपी अजय केसि जिल्ला आए देखि तस्कर विरुद्ध खरो उत्रिदा राजस्व वृद्धि चार गुणा भएको पाइन्छ। एसपी केसिको सक्रियताले जिल्लामा विभिन्न किसिमका तस्करी र चोरी , अपराधीक क्रियाकलाप एक दमै शून्य अवस्था झरेको पाइएको छ।एसपी केसिको सक्रियता देखेर जिल्ला बासी ,उधोग ब्यवसायी र स्थानीय बासी समेत चौतर्फी प्रशन्सा समेत गर्न थालेका छ्न ।त्यसै गरि एसपी केसि कै बिशेष निर्देशनमा जिल्लाको बिभिन्न स्थानबाट १ पिकअप गाडी र २ वटा मोटरसाईकल सहित अं.१४ लाख ४० हजार मुल्य बराबरको हरियो मटर (केराउ) बरामद गरेको छ । आज बिहान समयमा ईलाका प्रहरी सेमरीबाट खटिएको प्रहरी टोलीले प्रतापपुर गाउँपालिका वडा नं. १ सिसहनियाबाट लु १ ज ३९०२ नं. को बोलेरो पिकअप गाडी सहित ६० बोरामा ३० क्विन्टल (३०००के.जी.) अवैध हरियो मटर (केराउ) बरामद गरेको छ । उक्त मटर सोही गाडीमा राखी लैजादै गर्दा प्रहरी टोलीलाई देखि गाडी छाडी चालक भागेका थिए । बरामद मटरको अं. मुल्य २ लाख ४० हजार बराबर र बोलेरो पिकअप गाडीको अं.१० लाख गरी जम्मा अं.१२ लाख ४० हजार बराबर मुल्य रहेको छ ।
त्यसैगरी नेपालबाट भारत तर्फ अबैध रुपमा लैजादै गरेको ६ बोरामा ३०० के.जी हरियो मटर (केराउ) सहित UP 53 B V1204 नं.को पल्सर मोटरसाईकल र लु ३९ प ३३८४ नं.को होण्डा मोटरसाईकललाई ईलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरी टोलीले बर्दघाट न.पा.-१२ भटौलियाबाट बरामद गरेको छ । उक्त मटरको अं. मुल्य २४ हजार बराबर र २ मोटरसाईकलको १ लाख २० हजार (प्रति मोटरसाईकलको ६० हजार) गरी जम्मा १ लाख ४४ हजार मुल्य बराबर रहेको छ । उक्त मटर मोटरसाईलमा राखि लैजादै गर्दा प्रहरी टोलीलाई देखि मटर र मोटरसाईकल छाडी मानिस भागेका थिए । त्यसै गरी आजै बिहान ११:३० बजेको समयमा नेपालबाट भारत तर्फ अवैध रुपमा लैजादै गरेको अं.५६ हजार मुल्य बराबरको २२ बोरामा ७०० केजी मटर (केराउ) सिमा प्रहरी चौकी महेशपुरको प्रहरी टोलीले सरावल गाउँपालिका वडा नं.- ६ बड्सारेबाट बरामद गरेको छ । आज बरामद जम्मा ३१ क्विन्टल (३१००० के.जी) हरियो मटर, एक बोलेरो पिकअप गाडी र २ वटा मोटरसाईकल समेतलाई आवश्यक कारबाहीको लागि आजै महेशपुर भन्सार कार्यालय बुझाइएको नेपाल प्रहरी नायब उपरीक्षक एव सूचना अधिकारी राजु लामाले बताए।

 
 
  
 

You may also like