विश्वमा कोरोना : २ करोड ७० लाखभन्दा बढी संक्रमित, ७० प्रतिशत निको

by समतल अनलाइन

काठमाडौं । विश्वभर २ करोड ७० लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ ।पछिल्लो २४ घण्टामा २ लाख ६९ हजार ३७८ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या २ करोड ७० लाख ६१ हजार ३२६ पुगेको हो ।

यस्तै एकै दिन थप ४ हजार ८२२ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ८ लाख ८३ हजार ७०७ पुगेको छ ।एकै दिन २ लाख १९ हजार ५०४ मानिस कोरोना संक्रमणमुक्त भएका छन् । तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका आइतबार बिहानसम्म कोरोनाबाट निको हुनेको संख्या १ करोड ९१ लाख ६१ हजार ९०२ पुगेको छ । निको हुनेको यो संख्या कुल संक्रमितको ७०.८०९ प्रतिशत हो ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ९ हजार ७७८ जनाको मृत्यु भएको छ । ३७ लाख ७१ हजार ८८४ जना संक्रमित भएकोमा २१ लाख ५२ हजार ८०२ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरूमा २ लाख ७९ हजार ९५० जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ७६ लाख ३४ हजार ६२३ पुगेको छ । त्यसमध्ये ४५ लाख ३३ हजार १३८ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा १ लाख ५० हजार ५०८ जनाको मृत्यु भएको छ । ७६ लाख ४१ हजार ५५ जना संक्रमित भएकोमा ६१ लाख ३३ हजार ३५९ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा २ लाख ११ हजार ५४६ जनाको मृत्यु भएको छ । ६६ लाख ८६ हजार ५०३ जना संक्रमित भएकोमा ५२ लाख ८३ हजार ६१७ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा ३१ हजार १३१ जनाको ज्यान गएको छ भने १२ लाख ९७ हजार ३२२ संक्रमित छन् । संक्रमितमध्ये १० लाख ३३ हजार ७३४ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा ७७९ जनाको मृत्यु भएको छ । २९ हजार २१८ जना संक्रमित भएकोमा २४ हजार ६०१ जना संक्रमणमुक्त भएका छन् ।

 
 
  
 

You may also like