रुपन्देहीमा थपिए ६६ जना कोरोना संक्रमित

by समतल अनलाइन

बुटवल । पछिल्लो २४ घण्टामा रुपन्देहीमा ६६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार रुपन्देहीमा २५ महिला र ४० पुरुषमा संक्रमण पुष्टि भएको छ ।

कार्यालयका अनुसार रोहिणी गाँउपालिकामा आज २५ जनामा संक्रमण पुष्टि भएको छ भने सिद्धार्थनगर नगरपालिकामा ८ जना, सैनामैना नगरपालिमामा ९ जना, सुद्धोदन गाँउपालिकामा ६ जना, बुटवल उपमहानगरमा ५ जना संक्रमित थपिएका छन् ।

यसैगरि शनिबार कञ्चन गाँउपालिकाम ६ जना, मायादेबी गाँउपालिकाम ५ जना, तीलोत्तमामा २ जनामा संक्रमण पुष्टि भएको छ ।

जिल्लामा आज थपिएसँगै संक्रमितहरुको संख्या १२५६ पुगेको छ । ६२७ जनाले बिभिन्न आइसोलेसनमा बसेर उपचार गराईरहेका छन् ।

 

 
 
  
 

You may also like