युथ क्यानद्धारा स्वास्थ्य सामग्री हस्तान्तरण

by समतल अनलाइन

बुटवल। युथ क्यान अर्थात राष्ट्रि«य कार्यमा युवा समिति संस्थाले यस कोरोना महामारीको बेलामा अग्र पंतिमा सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीको लागि स्वास्थ्य सुरक्षा सामाग्रि हस्तान्तरण गरेको छ । संस्थाले आज ५ नं प्रदेश ट्राफिक प्रहरी कार्यलयका प्रहरी नायव उपरीक्षक डिल्ली नारायण पाण्डे लाई सामाग्री हस्तान्तरण गरेको छ । साथै बुटवलका विभिन्न स्थानमा रहेका प्रहरी विटमा समेत स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका संस्थाले स्वास्थ्य सुरक्षाका लागि अतिआवश्यक माक्स, सेनिटाईनर, पानि बोलत, फेस सिल्ड, साबुन, पञ्जा लगाएतका स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको संस्थाका अध्यक्ष रामु पाण्डेले जानकारी गराएका थिए ।

संस्थाका अध्यक्ष पाण्डेले जिम्मेवार युवा कार्यक्रम अन्तरगत पछिल्लो समय सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीलाई दिनप्रतिदिन बढ्दो क्रममा कोरोना संक्रमण देखिएकोले सहयोग हस्तान्तरण गरेको बताएका थिए । साथै यो अभियान रहेको बताउदै यस्ता कार्यक्रमहरु निरन्तर अगाडि बढ्ने बताउदै अभियानमा साथ दिने प्रकास डुम्रे, शिखर ज्ञवाली, दिवश खनाललाई धन्यबाद दिएका थिए ।
प्रदेश ट्राफिक प्रहरी कार्यलयका प्रहरी नायव उपरीक्षक पाण्डेले कार्यक्रमको प्रशंसा गर्दै संस्था र यस अभियानलाई साथ र सहयोग रहेका बताउदै संस्थालाई धन्यबाद दिएका थिए ।

 
 
  
 

You may also like