भिम अस्पतालमा नवलपरासीकि कोरोना संक्रमित महिलाको मृत्यु

by समतल अनलाइन

बुटवल। भैरहवाको भीम अस्पतालमा उपचाररत कोरोना संक्रमित ६५ वर्षीया एक महिलाको मृत्यु भएको छ ।कोरोना संक्रमण पुष्टि भएपछि भदौ १५ गते अस्पतालको आइसोलेसनमा भर्ना भएकी नवलपरासीको रामग्राम नगरपालिका–५ की ती महिलाको मङ्गलबार राती ९:४५ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. नारायण पोखरेलले जानकारी दिए ।

डा.पोखरेलका अनुसार मृतक महिलाको आइसियुमा उपचार भइरहेको थियो । उनमा मधुमेह र उच्च रक्तचापको समस्या रहेको अस्पतालले जनाएको छ ।

 
 
  
 

You may also like