तिनाउ बोडिङ्ग द्धारा डेंगु रोग विरुद्ध जनचेतना ¥याली

by समतल अनलाइन

बुटवल । बुटवल ११, देविनगर मा अवस्थीत तिनाउ इ. बो. स्कुलले देशमै महामारीको रुपमा फैलिन लागेको पोथी लामखुट्टे एडिस एजिष्टाई जातको लामखुट्टेको टोकाइबाट सर्ने संक्रमक सरुवा डेगूँ ज्वरो रोगको विरुद्ध मा सचेतना ¥याली तथा जनचेतनामुलक कार्यक्रम संचालन गरेको छ ।

विद्यालयमा सक्रिय रहेको तिनाउ सचेतना क्लबको आयोजना तथा तिनाउ ई.बो. स्कुलको समायोजनामा सम्पन्न उक्त सचेतना मुलक कार्यक्रम मा कक्षा ७ देखी कक्षा १० सम्मका विद्यार्थीहरु तथा शिक्षक गरी झण्डै ५०० जना भन्दा बढिको सहभागिता रहेको थियो भने उक्त सचेतनामुलुक कार्यक्रमको उद्घाटन गर्दै विद्यालयका अध्यक्ष यज्ञमुर्ति पाण्डेले, पछिल्लो समयमा डेगुँ रोगका बिरामीहरु बढ्दै गएको र रुपन्देही लगायत थुप्रै ठाउँहरुमा केही मानिसहरुले अकालमै ज्यान गुमाएको र केही मानिसहरु अस्पतालको शैयामा मृत्युसँग लड्दै गरेको यो अत्यन्तै दुःख दायि तथा अस्वभावीक अवस्थालाई मध्यनजर गर्दै विद्यालयले यस डेगूँ रोगको रोकथाम तथा यसबाट बच्ने उपायहरु सहितको जनचेतना ¥यालीको आयोजना गरेको बताए ।

यसै अवसरमा बोल्दै विद्यालयकी प्राचार्य सिता पाण्डेले आज हामी नेपालीहरु सबै एक हुन जरुरी छ । कुनै एकजना व्यक्तिलाई डेगूँ रोगको संक्रमण्ड हुदा हामीसम्पूर्ण नेपाली जनताहरुलाई त्यसको असर पर्न जान्छ हामी सवै दाजुभाई दिदीबहीनी आमाबुबा जसजसलाई यसको सक्रमण भएतापनी त्यसको प्रभाव हामीहरु सवैलाई पर्दछ र त्यसको लागी हामीहरु आआफ्नो ठाउँ बाट उठ्नुपर्ने र सहयोग गर्नुपर्ने हाम्रो कर्तव्य रहेको बताउदै यस विद्यालयले पनी डेंगुरोगको पूर्व सर्तकता तथा रोगको संक्रमण भैसकेपछी पनी के गर्ने के नगर्ने लगायतका जनचेतना मूलक विषयवस्तुहरु समेटियका पत्रहरुपनी बाड्ने तथा ठाउ ठाउमा प्रर्चाहरु टास्नको लागी झण्डै १५०० भन्दा बढी पर्चाहरु को व्यवस्था गरेको जानकारी दिए ।

बुटवल ११ देवीनगर विद्यालय प्राङगण देखी सुरुभएको फ्लेकाडहरु सहितका उक्त कार्यक्रम होराइजनचोक, देवसिद्धचोक, कालीकानगर, मिलनचोक, माझगाउँ, प्रगतीनगर हुदै बुटवल ११ देवीनगर चौपारीमा आएर झन्डै १ घण्टाको जनचेतनामुलक कार्यक्रम गरेको थियो ।

उक्त कार्यक्रममा बोल्दै विद्यालयका सह प्रार्चाय इश्वरी पाण्डेले यो महामारीको रुपमा फैलिदै गएको डेगुँ रोगको रोकथाम को लागि विद्यालयले एउटा उदाहरणीय कार्यगरेकोले त्यसतै कार्यहरु प्रत्यक टोल, छिमेक, संघसंस्थाबाट गर्नुपर्ने बताए ।

उक्त अवसरमा तिनाउ सचेतना क्लबका इन्चार्ज शिक्षक नारायण ज्ञवाली, अध्यक्ष साजन मल्ल, उपादश्य शुशिल खनाल र सदस्यहरु विशाल थापा, नमिता खनाल, अंशु श्रेष्ठ लगायतले आफना भनाइहरु राखेका थिए । केही समयको जनचेतना मुलक कार्यक्रम पछि विद्यार्थीहरुले बुटवल ११ देविनगर चौपारी परिसर तथा प्रत्यक टोल टोलमा गएर पर्चाहरु बाड्ने तथा टास्ने काम गरेको जानकारी विद्यालयकी प्राचार्य सिता पाण्डेले दिइन ।

 
 
  
 

You may also like