थप ८१८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३१ हजार ९३५ पुग्यो

by समतल अनलाइन

काठमाडौं । नेपालमा थप ८१८ जनामा कोरोना पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले देशभर २२० महिला र ५९८ पुरुषसहित ८१८ जना संक्रमित थपिएको जानकारी दिएका छन् ।योसँगै नेपालमा कुल संक्रमितको संख्या ३१ हजार ९३५ पुगेको छ ।

नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या १३ हजार १५५ रहेको छ भने डिस्चार्ज भएकासहित अहिलेसम्मका कुल संक्रमितको संख्या ३१ हजार ११७ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा २८१ जना डिस्चार्ज भएका छन् भने अहिलेसम्म १८ हजार ६३१ जना विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ५८ रहेको प्रवक्ता गौतमले बताएका छन् ।

त्यस्तै पछिल्लो २४ घन्टामा ८ हजार २६ नमुनाको पिसिआर परिक्षण भएको छ भने अहिलेसम्म कुल ६ लाख ४ हजार ४४ नमुनाको पिसिआर परिक्षण भएको छ ।

त्यस्तै क्वारेन्टाइनमा ११ हजार ४१४ जना रहेका छन् भने संस्थागत आइसोलेसनमा ९ हजार २१२ जना रहेका छन् । त्यस्तै होम आइसोलेसनमा रहेकाको संख्या ३ हजार ९४३ जना रहेका छन् ।

अहिले आइसीयुमा उपचारत संक्रमितको संख्या १३७ जना रहेका छन् भने भेन्टिलेटरमा राखेर उपचारत कुल १० रहेका छन् ।

 

 
 
  
 

You may also like