कोरोनाकालमा किनमेल कसरी गर्ने रु प्याकेटको खानेकुराबाट भाइरस सर्छ !

by समतल अनलाइन

काठमाडौँ । कोरोना भाइरसको महामारीले विश्वनै ग्रसित भएको बेला भाइरस सर्ने बारे अनुसन्धानकर्ताहरुले अनेकौ तरिका बारे बताइरहेका छन् ।अहिले ठुलो प्रश्न खानेकुराका समान किन्दा वा प्याक गरिएका सामानबाट कोरोना सर्छ की सर्दैन भन्ने रहेको छ ।

केहि दिन अघि चीनमा ब्राजिलबाट आएको फ्रोजन चिकन र माछामा कोरोना भाइरस भेटिएको विषयले निकै चर्चा पाएको थियो ।यसले विभिन्न देशका डाक्टर र विशेषज्ञहरुले सिद्धान्त तह प्याक गरिएको खानेकुरा अर्थात प्याकेटमा रहेको बस्तुबाट कोरोना सर्ने देखिएको छ । ल्याबमा आधारित कैयौ अनुसन्धानहरुले भाइरस कैयौं घण्टासम्म जीवित रहन सक्ने बताइएको छ । खासगरि कार्ड बोर्ड र प्लाष्टिकमा लामो समयसम्म भाइरस जीवित हुनसक्ने बताइएको छ ।

कोरोना भाइरस कम तापमानमा लामो समयसम्म जीवित रहने र कैयौं खानेकुराका सामाग्रीहरु कम तापमानमै एक ठाउबाट अर्को ठाउमा लैजाने गरिन्छ ।
तर अनुसन्धानकर्ताहरुले यो सैद्धान्तिक विषय मात्र भएको बताउछन् । उनीहरुले ल्याबभन्दा बाहिर व्याबहारिक रुपमा हेर्ने हो भने यो सम्भव नदेखिने बताउछन् ।

युनिभर्सिटी अफ लेस्टरमा रेस्पीरेटर साइन्सकी एसोसियट्स डाक्टर जुलियन ट्याग बाहिरि वातावारण लगातार बदलिने हुनाले लामो समयसम्म भाइरस जीवित रहन सक्दैनन् ।बेलायतको रटगेर्स युनिभर्सिटीका माइक्रोवायलोजीका प्रोफेसर इमान्युयल गोल्डम्यानले ल्याबमा गरिएको अध्ययनमा १० मिलियन भाइरल पार्टीकल्सलाई नमुनाको रुपमा प्रयोग गरेर अध्ययन गरिन्छ र एक किसिमको नतिजा आउछ तर एक पटक आच्छ्यु गर्दा या खोक्दा एक एरोसोल ड्रापलेटमा केवल सयको करिब भाइरस पार्टीकल्स हुने गर्दछन् । उनले निर्जीव सतहबाट भाइरस संक्रमणको सम्भावना निकै कम हुन्छ । यस्तो परिस्थितिमा यस्तो सम्भव छ की कुनै संक्रमित व्यक्तिले कुअनी सतहमा खोकेमा वा आच्छ्यु गर्नासाथ तुरुन्तै कुनै अर्को व्यक्तिले सो सतह छोएमा ९एक या दुई घण्टा भित्र० सर्न सक्ने विषय नकार्न सकिन्न ।

डाक्टर ट्यागले खानेकुराको प्याकेटबाट कोरोना सर्छ भन्ने कुरा प्रमाणित गर्न निकै गार्हो हुने बताएकी छन् ।

विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० ले समेत खाने या खानेकुराको प्याकेटबाट कोरोना संक्रमणको पुष्टि हुने जस्तो अहिलेसम्म कुनै घटना प्रमाणित भएको छैन ।

तर पनि डब्लुएचओले संक्रमणबाट बच्न कैयौं उपायका बारेमा भने बताउदै आएको छ ।डब्लुएचओले खानेकुराको प्याकेटलाई किटाणुरहित अग्रण जरुरी छैन तर प्याकेट छोएपछि र खान खानु अगाडी हात राम्रोसँग धुन भने जरुरी छ ।

सामान्य तया किराना पसलमा समान किन्न जादा अहिलेको परिस्थितिमा अनुसन्धान र अध्ययनमा जे कुरा आएको भएपनि राम्रोसँग मास्क लगाएर र हातमा पञ्जा लगाएर जाने, समान किन्दा अर्को व्यक्तिसँगको भौतिक दुरी कायम गर्ने, समान लिएर आएपछि आफ्नो हात राम्रोसँग धुने गर्न जरुरी देखिन्छ ।

केहि स्वास्थ्य विशेषज्ञहरुले एक पटक प्रयोग भएको प्लाष्टिक झोला फेरी प्रयोग नगर्न समेत सल्लाह पनि दिएका छन् । यो पनि कुनै प्रमाणित विषय नभएर सावधानी अपनाउने हिसाबले दिइएका सल्लाह हुन् ।

 
 
  
 

You may also like