अविरल फिल्म्सको तीज गीत “भुरुरु उडेको चरी” सार्बजनिक ( भिडियो )

by समतल अनलाइन

बुटवल।बजारमा विभिन्न खाले तीज गीत सार्बजनिक भैरहेको अबस्थामा पछिल्लो समयमा अविरल फिल्म्सको बजार ब्यबस्थापन तथा प्रस्तुतिमा देवी घर्ती र पुरुषोत्तम गैरेको आवाजमा रहेको मौलिक तीज गीत “भुरुरु उडेको चरी” सार्बजनिक भएको छ ।

सार्बजनिक भएको छोटो समयमै टिकटकमा अत्यधिक दर्शकले रुचाएको गीत भुरू चरीमा पुरुषोत्तम गैरेले लय बनाएका छन् भने बिमल पौडेलले सब्द लेखेका छन् ,

अविरल फिल्म्सको दृश्य निर्माणमा तयार भएको भिडियोलाई बिष्णु भट्टराईले निर्देशन गरेका छन् भने सगुन शर्माको श्रीन्गार रहेको छ साथै भिडियोमा सुमन पौडेल, आस्विनी पाण्डे , परि शर्मा , बिनोद खनाल र साधना भण्डारी लगाएतका कलाकारको प्रस्तुति देख्न सकिन्छ ।

बुटवलको विभिन्न स्थानमा छायांकन गरिएको भिडियोको सम्पादन छायांकन समेत निर्देशक बिष्णु भट्टराईले गरेका छन् भने सुमन पौडेलले कोरियोग्राफी गरेका छन् ।

भिडियो :

 
 
  
 

You may also like