बुटवल।रुपन्देहीमा सोमबार २२ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। जनस्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार रुपन्देहीका बुटवल उपमहानगरपालिका, सिद्धार्थनगर, तिलोत्तमा, देवदह नगरपालिका, मायादेवी गाउँपालिकाका गरी २२ जनामा संक्रमण पुष्टि भएको हो।जनस्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदार शाहका अनुसार सिद्धार्थनगर नगरपालिकाका ७ जना, तिलोत्तमा नगरपालिकाका ५ जना, बुटवल उपमहानगरपालिकाका ३ जना र मायादेवी गाउँपालिकाका ४ जना संक्रमित छन्।
अरुको ठेगाना खुलेको छैन।जसमध्ये सिद्धार्थ सिमेन्ट उद्योगमा कार्यरत ७ जना, बुटवल देवीनगर, प्रगतिनगर र ज्योतिपथका गरी ३ जना, तिलोत्तमाका मंगलापुर र जानकीनगरका हुन्। शाहले ठेगाना प्रष्ट उल्लेख नभएकाले पहिचान गर्न कठिनाइ भएको बताए। यीमध्ये ३ जना क्वारेन्टिन बसिरहेका व्यक्ति हुन्।
यीमध्ये सबैजसो बुटवलको नेशनल प्याथल्याबमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएकाहरु हुन्। ल्याबमा आफै परीक्षण गराउन गएकाहरु धेरै छन्।‘ल्याबबाट हामीहरुलाई संख्या र क्षेत्रबाट जानकारी आएको छ, शाहले भने–तर विस्तृत विवरण आइपुगेको छैन, हामी पूरा विवरण तयार गर्दैछौं।’लुम्बिनी टाइम्स बाट