पश्चिम् नवलपरासीमा ५ लाख ३९ हजार ६ सय मुल्यको मोटरसाइकलसहित अबैध चल्ला र कुखुरा प्रहरीको नियन्त्रणमा

by समतल अनलाइन

नवलपरासी । पश्चिम् नवलपरासी सशस्त्र प्रहरी प्रमुख एसपी महेश अधिकारी जिल्लामा हाजिर भए लगत्तै नेपाल र भारत सिमा तिर निगरानी बढाएका छ्न। तस्करहरु तस्करी गरेर गरि खाने भाडो बनाएको सूचना पाए लगतै एसपी अधिकारीले सिमा तिर कडा निगरानी बढाइको बुझिएको छ। एसपी अधिकारी जिल्ला मातहत रहेको सबै बि।ओ।पि युनिट इन्चार्ज हरुलाइ समेत तस्कर विरुद्ध खरो उत्रिन समेत निर्देशन दिएका छ्न। एसपी अधिकारी कै निर्देशनमा पश्चिम नवलपरासीमा ५ लाख ३९ हजार ६ सय मुल्य बराबरको २ थान मोटरसाइकल सहित अवैध कुखुरा र चल्ला सशस्त्र प्रहरीले नियन्त्रण गरेको छ ।

पाल्हीनन्दन गाउँपालिका वडा न।६ राजाबारी सोमबार विहान भारतबाट अवैध रूपमा युपी ५६ यल ०५७५ र युपी ५६ डी २४४८ नम्बरको भारतीय मोटरसाइकलमा राखी नेपाल तर्फ ल्याउदै गरेको अवस्थामा करिब ३९ हजार ६ सय मुल्य बराबरको ४४ गोट ९१ सय ३२ किलो ० बोइलर कुखुरा सशस्त्र प्रहरी बल नेपाल अस्थायी सुरक्षा बेस को सशस्त्र प्रहरी नायब निरीक्षक कोमल यादवको कमाण्डमा खटिएको टोलीलाई देखेपछि मोटरसाइकल सहित कुखुरा फालेर भागेका थिए ।नियन्त्रण गरिएको मोटरसाइकल र बोइलर कुखुराको १ लाख ३९ हजार ६ सय बराबरको रहेको छ ।

त्यसै गरी सो गाउँपालिका वडा न। ६ सनई स्थित भारतबाट अवैध रूपमा नेपाल ल्याउदै गरेको ४ लाख मुल्य बराबरको ५५ कार्टुन ५ सय गोटा बोइलर कुखुराको चल्ला सशस्त्र प्रहरी बल नेपाल नस् २६ गण का सशस्त्र प्रहरी निरीक्षक जनकजन भन्डारीको कमाण्डमा खटिएको टोलीलाई देखेर भागे पछि उक्त ५५ कर्टुन सहित कुखुराको चल्लाहरू नियन्त्रण गरिएको छ ।

नियन्त्रणमा लिएको २ थान मोटरसाइकल आवस्यक कार्वाहीको लागि महेशपुर भन्सार कार्यालय पठाएको छ भने बोइलर कुखुरा र चल्ला सोमवार स्थानिय बासिन्दा , पत्रकार ,सुरक्षाकर्मीहरूको रोहबरमा नष्ट गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक डिएसपी रोशन घिमिरेले जानकारी दिए।

 
 
  
 

You may also like