सियारीमा ४ दिने उधमशीलता विकास तालिम सम्पन्न

by समतल अनलाइन

सियारी । कोभिड १९ बाट प्रभावित व्यक्तिहरुको जिविकोपार्जनमा सुधार र रोजगारी प्रबद्र्धन गर्ने उद्देश्यले युनेस्कोको आर्थिक सहयोगमा तथा सैनामैना नगरपालिका र कन्चनजंघा पोलिटेक्निक इन्स्टिच्यूटको संयुक्त आयोजनामा सन्चालित ४ दिने उधमशीलता विकास तालिम विहिवार सियारी गाउँपालिकामा भएको छ ।उक्त तालिम समापन कार्यक्रममा वोल्दै गाउँपालिका उप प्रमूख अमृता गुरुङ्गले बर्तमान अवस्थामा उद्यमशीलतामा आजका युवाहरु अग्रसर हुनुपर्ने बताउनुभयो । भोलीको देशको भबिष्यनै युवाहरु हुन, त्यसकारण युवाहरुले व्यवसायिक सीप सिकेर स्वदेशमा नै रोजगारी साथै व्यवसाय गर्नु पर्ने कुरामा जोड दिनु भयो । तालिममा गाउँपालिका भित्र गर्न सकिने सिटिईभिटीको पाठ्यक्रममा आधारित छोटो अवधिका विल्डिङ्ग इलेक्ट्रिसियन, हाते कडाई, पलम्बिङ्ग र मोवाइल रिपेयरिङ्ग जस्ता तालिम छनौट भएको हुँदा यो वर्तमान परिप्रेक्षमा निक्कै प्रभावकारी हुने कुरा राख्दै तालिमका सम्पूर्ण सहभागीहरुको क्षमता बृद्धिकालागि गाउँपालिकाले हरहमेशा सहयोग गर्ने बताउनु भयो ।

समापन कार्यक्रममा वोल्दै सियारी गाउँपािलका का शिक्षा शाखाका प्रमुख सुधिर पौडेलले यो उद्यमशिलता तालिममा सहभागीहुनु सुनौलो अवसर रहेको बताउनुभयो । रोजगारी, स्वरोजगार वा रोजगरी दाता बन्नका लागि अझै कडा मेहनत गर्नुपर्ने बताउदै युनेस्को संस्था शिक्षा क्षेत्रमा नेपालकै सबै भन्दा ठूलो संस्था रहेको बताउनु भयो ।
उक्त तालिम कार्यक्रममा मिन राना, जीवन भुसाल, भगवती पुन र सुचना रानाले सहजीकरण गर्नु भएको थियो ।

 
 
  
 

You may also like