के आमा छदा मात्र माइती हुने हुन् त ? तीज गीत छोरी

सबिन बराल
अस्ट्रेलिया । कोरोनाको यो कहरमा तीज गीतले संगीत बजार भने तताई रहेको छ । सांगीतिक यात्रालाई निरन्तरता दिदै कलाकार चिरन बरालले छोरी नामक मर्मस्पर्सि तीज गीत बजारमा निकालेका छन् । सरिता पन्थीको आवाजमा सजिएको उक्त गीतमा आमा नभए तिज मान्न माइत जादा दाजु-भाइले गर्ने ब्यवहारलाइ देखाउन खोजिएको छ । चिरन बरालको शब्द-संगीत रहेको यो गीतमा प्रमुख आभिनय भने मेनुका थापाको रहेको छ l सहयोगी कलाकारमा कृष्ण, काशिराम, ललिता, सागर, सिमा संगै बाल कलाकार स्वभाब रहेका छन् ।

चिरन बरालको परिकल्पनामा मनिष पन्थको उत्कृस्ट निर्देशन संगै क्यामेरा, सम्पादन पनि उनकै रहेको छ l उक्त गीतमा नृत्य निर्देशन भने पुराना नृत्य निर्देशक लोकेन्द्र शाहले गरेका छन् । श्रीनगर फिल्म्स ले निर्माण गरेको यो गीतको बजार व्यवथापन भने इज्ज़त मिडियाले गरेको छ l

अत्यन्तै मर्मस्पर्सि गीतलाइ इज्ज़त मिडियाको युटुब बाट बजारमा ल्याइएको छ । एक पटक हेर्नै पर्ने र सुन्नै पर्ने तीज गीत हो छोरी (आमा छदा मात्रै रैछ माइती बरिलै ) भन्छन लेखक संगीतकार चिरन बराल ।मौफसल बाट पनि निकै राम्रा गीत बन्ने तर बजार भने खासै नपाउने गुनासो गर्छन नृत्य निर्देशक लोकेन्द्र शाह, जति जनाले गित हेरेका छन् अधिकांस सबैको आखामा आशु आएको र गीत मन परेको प्रतिक्रिया पाएको बताउछन कलाकारहरु , काठमाडौँ को भन्दा राम्रो उपकरण र प्राबिधिक बुटवलमै रहेको र आउदा दिनमा बुटवल पनि संगीतको क्षेत्रमा आझै आगाडी बढ्ने जानकारी दिन्छन् निर्देशक मनिष पन्थ ।

तपाइहरु पनि एक पटक गीत हेरी प्रतिक्रिया दिनु होला है त ।

गीतको भिडियो :

 
 
  
 

You may also like