अपडेट : केरलामा एयर इण्डियाको विमान दुर्घटना हुँदा ११ जनाको मृत्यु

काठमाडौं।भारतको केरलामा एयर इण्डियाको विमान दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ ।एयर इन्डिया एक्सप्रेसको विमान केरलाको कोझिकोड विमानस्थलमा अवतरणका क्रममा शुक्रबार साँझ दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको बीबीसी हिन्दीले जनाएको छ ।

उक्त विमानमा १९१ यात्रु सवार रहेका थिए ।घाइतेहरुलाई उपचारको लागि अस्पताल लगिएको बताइएको छ।भारी वर्षाका कारण अवतरणका क्रममा रनवेमा चिप्लिएर विमान दुर्घटना भएको हो । दुर्घटनापछि विमान दुई टुक्रा भएकाे छ। विमान दुई टुक्रा भएपनि आगलागी भने भएको थिएन ।

घटनालाई लिएर भारतीय गृहमन्त्री अमित शाह, केरलका मुख्यमन्त्री पिनारई विजयन र कांग्रेस नेता राहुल गांधी घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

 
 
  
 

You may also like