डेंगुबाट ६ जनाको मृत्यु, ६१ जिल्लाका ३ हजार ८ सय ९९ जना संक्रमित

by समतल अनलाइन

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले यस वर्ष डेंगुबाट ६ जनाको मृत्यु भएको र ६१ जिल्लाका ३ हजार ८ सय ९९ जनामा संक्रमण फैलिएको जनाएको छ ।

महाशाखाका अनुसार काठमाडौंमा दुई जना, सिन्धुपाल्चोक, सुनसरी, चितवन र डोटीमा १-१ जना गरी ६ जनाको ज्यान गएको छ ।

भदौ २२ गते आइतबारसम्मको तथ्यांक अनुसार प्रदेश १ मा ८३१ जना, प्रदेश २ मा ३९ जना, प्रदेश ३ मा २०१० जना, गण्डकी प्रदेशमा ८९६ जना, प्रदेश ५ मा ९७ जना, कर्णाली प्रदेशमा ३ जना र सुदूर पश्चिम प्रदेशमा २३ जना गरी मुलुकभर ३ हजार ८ सय ९९ जना संक्रमित भएको महाशाखाले जनाएको हो ।

महाशाखाको तथ्यांकअनुसार सवैभन्दा बढी प्रदेश ३ को चितवनमा १ हजार ३६ जना डेंगुबाट संक्रमित भएका छन् । त्यसैगरी गण्डकी प्रदेशको कास्कीमा ७ सय १५ जना संक्रमित भएका छन् ।

यस्तो छ महाशाखाको तथ्यांक

 
 
  
 

You may also like