स्कुटर दुर्घटनामा परिन् हिसिला

by समतल अनलाइन

काठमाडौं।समाजवादी पार्टीकी नेतृ एवं अध्यक्ष डा. बाबुराम भट्टराई पत्नी हिसिला यमी दुर्घटनामा परेकी छिन् । आइतवार दिउँसो पार्टी कार्यालयमा आयोजित बैठकमा सहभागी हुन जाँदै गर्दा उनी दुर्घटनामा परेकी हुन् । एक जना सहयोगीको स्कुटरमा सवार हिसिलालाई ललितपुरको ग्वार्कोमा मोटरसाइकलेले ठक्कर दिएको थियो ।
दुर्घटनामा परेपछि यमीलाई बीएण्डी अस्पताल लगिएको थियो । उनको अवस्था सामान्य रहेको चिकित्सकहरुले जनाएका छन् ।

 
 
  
 

You may also like