तिलोत्तमामा मोटरसाइकल दुर्घटना हुदा एकको मृत्यु

बुटवल । शुक्रबार राती रुपन्देहीको तिलोत्तमामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका-५ मणिग्राम चोक नजिकै सिद्वार्थ राजमार्गमा भैरहवाबाट बुटवल तर्फ जाँदै गरेको लु २३ प ९२०५ नं.को मोटरसाईकलले सोही दिशा तर्फ जादै गरेको ना ६ ख ३३६६ नं.को ट्रकलाई ओभरट्याक गर्ने क्रममा ट्रकको साईटको भागमा ठोकिन जाँदा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी मृत्यु हुनेमा मोटरसाईकल चालक गुल्मी दरवार गाउँपालिका- २ का २९ वर्षीय धनबहादुर बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता खड्क बहादुर खड्काले लाई जानकारी दिए ।

दुर्घटनामा परी गम्भीर घाइते बस्नेतको क्रिमसन अस्पताल मणिग्राम उपचारको क्रममा गयराती नै मृत्यु भएको हो । प्रहरीले दुवै सवारी साधन र ट्रक चालक नियन्त्रणमा लिएको छ ।

 
 
  
 

You may also like