भारतमा कोरोनाबाट एकै दिन ११ सय बढीको मृत्यु, साढे ४५ हजार संक्रमित

काठमाडौं । विश्व स्वास्थ्य संगठन ९डब्ल्युएचओ० ले सन् २०२१ भन्दा अगाडि कोरोना भाइरसविरुद्धको खोपको आशा गर्न नसकिने बताइरहेका बेला कोरोना संक्रमण भने विश्वभर झनझन बढ्दै गइरहेको छ ।पछिल्लो २४ घण्टामा विश्वभर दुई लाख ७८ हजार ८७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यो संख्या एकै दिन पुष्टि भएको अहिलेसम्मकै सबैभन्दा धेरै भएको वर्ल्डओमिटरले जनाएको छ । आज ९बिहीबार० विहान ६ बजेसम्ममा विश्वभर कोरोना संक्रमितको संख्या डेढ करोड नाघेको वर्ल्डओमिटरले जनाएको छ ।

पछिल्लो २४ घण्टामा विश्वभर यसको संक्रमणबाट सात हजार ११३ जनाले ज्यान गुमाएका छन् । योसँगै विश्वर कोरोनाका कारण मृत्यु हुनेको संख्या ६ लाख २९ हजार २९६ पुगेको छ ।

गएको २४ घण्टामा सबैभन्दा धेरै ब्राजिलमा एक हजार दुई सय ९३ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् । त्यसैगरी अमेरिकामा एक हजार २११ र भारतमा एक हजार १२० जनाले ज्यान गुमाएका छन् ।

पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै अमेरिकामा ७१ हजार ४७० जनामा संक्रमण पुष्टि भएको छ ।
त्यसैगरी ब्राजिलमा ६५ हजार ३३९, भारतमा ४५ हजार ५९९, दक्षिण अफ्रिकामा १३ हजार भन्दा धेरै, मेक्सिकोमा झण्डै सात हजार, रुस र अर्जेन्टिनामा पाँच–पाँच हजार भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ ।

 

 
 
  
 

You may also like