२०७७ साउन ७ गते बुधबारको तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । आफन्तले गरेको प्रगतिमा मन रमाउने छ । दिनको उत्तरार्ध अधिक सुखद् रहने छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज नयाँ–नयाँ कार्य र शुभकार्यको योजना बन्ने छ । स्वास्थ्यमा सुधार आउने छ । आर्थिक कारोवार विस्तारै सुधार उन्मुख हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आफन्तका बीचमा खटपट, चिन्ता र शंका उब्जने छ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । मनमा निराशा र शरीरमा आलस्य आउला ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । स्वादिष्ट भोजन पाइने छ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने छन् । वित्तीय संस्थाबाट सहयोग पाइने छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज आर्थिक लेनदेनमा समस्या देखा पर्ला । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । यातायात वा वाहनमा खर्च पनि बढ्ने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्ने छ । प्रेम सम्बन्ध र प्रणय प्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ । दैनिक कार्यमा सफलता नै मिल्ने छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
लगनशीलताले कामहरू अगाडि बढ्ने छन् । मनमा शान्ति र अनुहारमा कान्ति छाउला । अचल सम्पत्तिको कारोवार हुनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
शुभकार्यको चर्चा चल्ने छ । मनमा शान्ति र अनुहारमा कान्ति छाउने छ । विशिष्ठ व्यक्तिको साथ पाइने छ । छोटो दूरीको लाभदायक यात्रा रहला ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । कुटुम्बको सहयोग मिल्ने छ । घरमा अतिथीको आगमन हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्ने छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज वैदेशिक क्षेत्रबाट सफलता मिल्ने छ । सामाजिक कार्यमा मन जाला । कूटनीतिक नियोगको सहयोग मिल्ला । दैनिक कार्यमा प्रगति हुनेछ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
लाभ, हानी, आय, व्यय, सुख, दुःख बराबरी मध्यम खालको दिन छ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । विपरीत वर्गप्रति आकर्षण बढ्ने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
शिक्षामा सफलता मिल्ने छ । महिला वर्गबाट विशेष सहयोग मिल्ने छ । परिश्रम गर्दा धनार्जन हुनेछ । शेयरको कारोवारमा सफलता मिल्ने छ ।

ज्यो.प. नारायणप्रसाद दुलाल

 
 
  
 

You may also like