पत्रकार केसीले मनाए सिर्जनशील संस्था नेपालका बालबालिकासंग जन्मदिन

बुटवल । बुटवलका पत्रकार तेजेन्द्र केसीले आफ्नो जन्मदिन अनाथ आश्रममा मनाएका छन् । केसीले तिलोत्तमा ३ योगिकुटीमा रहेको सिर्जनशील संस्था नेपाल बालबालिकाको लागि ट्रान्जीट होमममा आश्रीत बालबालिकाहरुलाइ खाद्यान्न सहयोग गरेर जन्मदिन मनाएका हुन् ।

रातोपाटी डटकमका प्रदेश ५ का संयोजक तथा जनसंघर्ष दैनिकका उपसम्पादक समेत रहेका पत्रकार केसीले सो अबसरमा बोल्दै सामाजिक सेवाका लागि आफु सधै क्रियाशिल रहने समेत प्रतिबद्धता जनाए । उनले अहिलेको सानो सहयोग नमुना मात्रै भएकाले आगामी दिनमा थप सहयोगका लागि जुट्ने समेत बताए ।

सो अबसरमा आश्रमका अध्यक्ष प्रतिमा शर्मा,महासचिब बिजु पौडेल,मानव अधिकार तथा शान्ति समाज रुपन्देहीका सभापति डिपी खनाल,रिर्पाेटर्स क्लवका प्रदेश प्रमुख रामकुमार क्षेत्री,पत्रकारहरु दामोदर खनाल,रामराज पोखरेल,बिक्रम खड्का,कपिल ज्ञवाली,ब्यबसयी कृष्ण पाण्डे ,कुशल गुप्ता लगायतले बोल्दै सिर्जनशील संस्था नेपाललाइ सबैको सहयोग रहने बताएका थिए ।

सिर्जनशील संस्था नेपाल महिलहरुले क्रियाशिलतामा संचालनमा रहेको संस्था हो भने यहा अहिले ७ जना सडकबालबालिकाहरुलाइ संरक्षण र पालन पोषण गरिएको महासचिब बिजु पौडेल पाण्डेले बताउनुभयो ।

 

 
 
  
 

You may also like