थप १५६ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या १७ हजार ६५८ पुग्यो

काठमाडौं। पछिल्लो २४ घण्टामा नेपालमा थप १५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

२४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा १५६ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका हुन् । योसहित नेपालमा संक्रमितको संख्या १७ हजार ६५८ जना पुगेको छ । पछिल्लो २४ घण्टामा तीन हजार ७४१ जनाको पीसीआर परीक्षण गर्दा नेपालमा १५६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको हो ।

शुक्रबार थप ५८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसहित नेपालमा हालसम्म ११ हजार ६९५ जना उपचारपछि निको भएका छन् । मंगलबारसम्म नेपालमा ४० जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी मन्त्रालयले दिएको छ ।

मन्त्रालयका अनुसार अहिले क्वारेन्टाइनमा २२ हजार ६ सय ६२ रहेको छ । पाँच हजार आठ सय २५ जनाको आइसोलेसनमा उपचार भइराखेको छ । पाँच सय बढी संक्रमित भएका तीन जिल्ला छन् । मन्त्रालयका अनुसार रौतहट, कैलाली र बाजुरामा पाँच सय बढी संक्रमित रहेका छन् ।

त्यसैगरी कोरोना संक्रमण शुन्य हुने जिल्ला भोजपुर, पाँचथर, धनकुटा, रसुवा, मनाङ, मुस्ताङ र हुम्ला र जुम्मा हुन् । विश्वको तथ्यांक हेर्दा एक करोड ४६ लाख बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । मृत्यु हुनेको संख्या ६ लाख नाघेको छ ।

 
 
  
 

You may also like