रिडिखोलामा बेपत्ता भएका अर्घाखाँचीका पुरूष मृत भेटिए

पाल्पा । रिडिखोलामा खोलाले बगाउदा बेपत्ता भएका देब बहादुर मुखीयाको मृत अबस्थामा शब फेला परेको छ।शुक्रबार दिउँसोदेखि खोला तर्ने क्रममा बेपत्ता भएका मुखियाको शनिबार गुल्मीको मनबाहक स्थित रिडीखोलामा मृत अबस्थामा भेटिएको हो ।जिल्ला प्रहरी कार्यालय पाल्पाकाअनुसार अर्घाखाँची संन्धिखर्क नगरपालिका -८ किमडाँडाका ४० बर्षीय देब बहादुर मुखिया शुक्रबार करिब साढे ३ बजेको समयमा रैनादेबी छहराका-३ पट्टाचौर स्थित रिडिखोला तर्ने क्रममा खोलाले एक्कासी बगाउँदा बेपत्ता भएका थिए ।

उक्त स्थानमा ईलाका प्रहरीकार्यालय मुझुङ् र पाल्पाबाट खटिएको नेपाल प्रहरीको टोली र स्थानीयद्धारा खोजीकार्य गर्दै जादा गुल्मीको छत्रकोट गाउँपालिका -५ मनबाहक स्थित रिडिखोलामा करिब १२ बजे मृत अबस्थामा शब फेला परेको प्रहरीले जनाएको छ ।ससुरालीबाट मुखिया घर फर्किने क्रममा शुक्रबार रिडिखोलामा बेपत्ता भएको बुझिएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको जनाइएको छ ।

 
 
  
 

You may also like