मुसिकोटमा कार्यालय सहयोगी आबश्यक:सरसफाईदेखि जनप्रतिनिधि बोक्नुपर्ने

हरि पाठक
गुल्मी। गुल्मीको मुसिकोट नगरपालिकाले कार्यालय सहयोगीको आबह्वान गरेको छ ।मुसिकोट वडा नं.१ ले शुक्रबार एक सूचना जारी गर्दै कार्यालय सहयोगीको लागि इच्छुकलाई एक हप्ताभित्र आबेदनको लागि दिन आबह्वान गरेको हो ।मुसिकोट नगरपालिका वडा नं.१ का वडाअध्यक्ष पुर्णबहादुर हितान मगरद्वारा हस्ताक्षरित सूचनामा कार्यालय सहयोगीले कार्यालय सरसफाई गर्ने,आबश्यक्ताअनुसार कार्यालयमा पर्ने जुनसुकै काम पनि गर्नुपर्ने र आबश्यक काम परेको खण्डमा वडाका कुनै पनि कर्मचारी र जनप्रतिनिधिलाई कार्यस्थलसम्म पुर्‍याउने र ल्याउने कार्य गर्नुपर्नेछ।

सहयोगीको लागि शैक्षिक योग्यता कमर्स लिएर १२ कक्षा उत्तीर्ण गरेको,कमप्युटरसम्बन्धी टाइपिङ्मा ज्ञान भएको हुनुपर्ने,साधनको लाइसेन्स भएको मोटरसाइकल चलाउन सक्ने,१८ देखि ४५ बर्षसम्मको उमेर भएका ईच्छुक नागरिकले नेपाली नागरिकताको फोटोकपीसहित निबेदकले ७ दिनभित्र कार्यालयमा निबेदन पेश गर्नुपर्ने सुचनामा उल्लेख गरिएको छ ।निबेदन परेकामध्ये लिखित मौखिक परिक्षामार्फत एक जनालाई छनोट गरिने वडाले जनाएको छ ।कार्यालय सहयोगीको तलब भने तेह्र हजार पाँच सय रूपियाँ तोकिएको छ ।

 
 
  
 

You may also like