पहिरोमा परि पुर्व गाविस अध्यक्षको मृत्युु , तीन जना बेपत्ता

स्याङजा। स्याङजाको बिर्घामा पहिरोमा परेर एक जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् ।

पहिरोमा परेर दुई जना घाइते भएका छन् । जिल्लाको कालिगण्डकी गाउँपालिका–४ खहरेमा गएको पहिरोमा परेर खहरेकै इमानसिंह रानाको मृत्यु भएको हो । राना सविकको बिर्घा गाविसका पूर्व अध्यक्ष हुन् । पहिरोमा पुरिएका तीन जना अझै बेपत्ता छन् । वडा नं. ४ खहरेकै स्थानीय प्रेमचन्द्र पाण्डे, गिमानसिंह राना र टिका थापा बेपत्ता रहेको कालिगण्डी गाउँपालिका–४ का वडाध्यक्ष चक्रपाणी पाण्डेले जानकारी दिएका छन् ।

पहिरोमा पुरिएका दुई जनाको उद्यार गरिएको छ । पहिरोबाट उद्धार गरिएका वडा नं ४ कै वडा सदस्य होमनाथ पाण्डे र अर्का स्थानीय वीरबहादुर राना घाइते छन् । घाइते रानाको जिब्रोे काटिएको छ भने पाण्डेको शरीरका बिभिन्न भागमा चोट लागेको छ ।
उनीहरु दुवै जनालाई उपचारका लागि पाल्पा पठाइएको वडाध्यक्ष पाण्डेले जानकारी दिएका छन् । प्रहरीका अनुसार पहिरो नजिकैको खहरेकै ४ घर पनि जोखिममा छन् । ती घरभित्र लेदोमाटो पसेपछि उनीहरुलाई सुरक्षित स्थानमा सारिएको स्याङ्गजा प्रहरीले जनाएको छ ।

कालीगण्डकी गाउँपालिका– ४ का अध्यक्ष पाण्डेका अनुसार रातभर परेको अबिरल बर्षाले वडाका बिभिन्न स्थानमा पहिरो झरेको भन्ने खबर सुनेपछि आज बिहान वडा सदस्य पाण्डे, पूर्व गाविस अध्यक्ष रानासहितको टोली निरीक्षणका लागि हिंडेको थियो ।

पैदलै हिंड्दै गर्दा बस्ती नजिकै माथिबाट झरेको पहिरोले ६ जनाको टोलीलाई बाटोमै पुरेको हो । घटना स्थलमामा अहिले नेपाल प्रहरी, नेपाली सेना पुगेको छ । वेपत्ताको खोजी भइरहेको वडाध्यक्ष पाण्डेले बताएका छन् ।

 
 
  
 

You may also like