अव एक व्यक्तिले दुई भन्दा बढी सिमकार्ड लिन नपाउने

अब एक व्यक्तिले २ वटा भन्दा बढि सीम प्रयोग गर्न नपाइने भएको छ । नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले एकजना व्यक्तिको नाममा दुईवटा भन्दा बढी सिम उपलब्ध नगराउन मोबाइल सेवा प्रदायकलाई निर्देशन दिएको हो ।

नियामक निकायको यो निर्देशनसँगै अब एक जना व्यक्तिलाई मोबाइल सेवा प्रदायकले २ वटा मात्रै सिम कार्ड उपलब्ध गराउन सक्ने छन् । नेपाल टेलिकमको हकमा भने सीडीएमएको थप एक सीम कार्ड उपलब्ध गराउन सकिने छ ।

त्यस्तै प्राधिकरणको निर्देशन अनुसार नाबालिकको हकमा भने अभिभावकको नाता प्रमाणित र अन्य आवश्यक कागजात उपलब्ध भएमा सीम कार्ड जारी गर्न सकिने छ ।

 
 
  
 

You may also like