काठमाडौंका एक कोरोना संक्रमितको मृत्यु , मृत्तकको संख्या ३२ पुग्यो

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप एक जनाको ज्यान गएको छ ।मृत्यु हुनेमा नयाँ बानेश्वर बस्ने ८५ वर्षीय एक वृद्ध भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।

उनका अनुसार ती वृद्ध छाती दुखेको र पार्किन्सनको समस्या भएपछि काठमाडौंको एक निजी अस्पतालमा भर्ना भएका थिए । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३२ पुगेको छ

 
 
  
 

You may also like