गुल्मीमा पहिरो अपडेट : घाइतेहरुलाई उपचारको लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाण्डौँ लगियो

गुल्मी  । गुल्मी ईस्मा गाउँपालिकामा बिहिवार राति गएको पहिरोमा परि घाइते भएकाहरुलाई नेपाली सेनाको हेलीकोप्टर मार्फत उपचारका लागि काठमाण्डौ लगिएको छ ।पुर्व मन्त्री तथा गुल्मी क्षेत्र नम्बर २ का सांसद गोकर्णराज बिष्टको पहलमा घाइतेहरुलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उपचारका लागि काठमाण्डौ लगिएको हो ।

ईस्मा गाउँपालिका वडा नं १ हस्तिचौरको मल्दीमा गए रातिको पहिरोमा परि घाइते भएका बर्ष २७ की इश्वरी खत्री , ६४ बर्षका टीका खत्री , बर्ष २५ का बसन्त खत्री , बर्ष २१ की सृजना सारु र ९० बर्षकी पुतली खत्रीलाई उपचारका लागि त्रिबी शिक्षण अस्पताल माहाराजगंज पठाइएको गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिए ।

पहिरोमा परी बसन्त सारुका १८ महिने बालक सुरज सारु र इश्वरी खत्रीकी ७ बर्षकी छोरी अपेक्षा खत्रीको ज्यान गएको छ ।

त्यस्तै मुसिकोट नगरपालिका वडा नं २ को हाँडीखोलामा हरिप्रसाद घिमिरेको घुम्तीपसल पहिरोले बगाउँदा अन्दाजी ५५ बर्षिय भागीरथ घिमिरे बेपत्ता हुनुभएको र नेपालीसेना,शसस्त्रप्रहरी,नेपालप्रहरी टोली र स्थानीनद्धारा खोजी कार्य भईरहेको जनाइएको छ ।गुल्मीमा पहिरोका कारण एक सय भन्दा बढी घर परिवार विस्थापित भएका छन् ।

 
 
  
 

You may also like