बुटवलमा प्रधानमन्त्रि ओलीको पक्षमा पर्दशन

बुटवल ।   बुटवल प्रधानमन्त्रि केपी ओली को पक्षमा बुटवल मा प्रदर्शन गरिएको छ । मदनभण्डारी स्पाेर्टस एकेडेमीको अगुवाइमा आयाेजित प्रदर्शनमा प्रधानमन्त्री केपी शर्मा ओली लाई निर्वाध काम गर्न दिनुपर्ने माग गर्दै नारावाजी गरिएको छ ।

बुटवलको मिलनचाेकमा जम्मा भएका प्रधानमन्त्री केपी शर्मा ओली समर्थकहरु लुम्बिनी बस टर्मिनल, अस्पताल लाईन पुष्पलालपार्क हुदै ट्राफिकचाेक पुगेका थिए । पार्टीको जारी स्थायी कमिटी बैठकमा सहभागी स्थायी कमिटी सदस्यहरु लगायत पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष बामदेव गाैतम, बरिष्ठ नेताहरु माधव कुमार नेपाल र झलनाथ खनाल समेतले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजिनामा माग गरेपछि पार्टीको बिवाद कार्यकर्ता तहमा पुगेको छ ।

बिहिवार काठमाडौंकाे माईतिघर मण्डलाबाट सुरु गरिएको प्रदर्शन शुक्रबार देशका अन्य सहरहरूमा समेत आयाेजना गरिएको छ ।
बुटवलमा भएकाे प्रदर्शनमा पुर्व एमाले कार्यकर्ताहरुकाे बाक्लो उपस्थित देखिएकाे थियो भने छिटफुट रुपमा पुर्व माओवादी केन्द्रका कार्यकर्ता समेत सहभागी थिए । प्रदर्शनका सहभागीले प्रधानमन्त्रीले पुरा समय निर्वाध रुपमा काम गर्न पाउनुपर्ने भन्दै नारावाजी गरेकाा थिए ।

 
 
  
 

You may also like