कृष्ण काफ्लेको ” जामकि नजाम भो ” बोलको तिजगित सार्वजनिक ( भिडियो )

प्रिया अधिकारी
कन्चन ।नेपाली लोक गितको दुनियाँमा आफ्नो छुट्टै पहिचान बनाउन सफल सुमधुर स्वरका धनी कृष्ण काफ्लेले फेरि पनि नयाँ गित बजारमा ल्याएका छन। सालैजो गित बाट पहिलो पटक सांगितिक क्षेत्रमा प्रवेश गरेका उनी लाखौं दर्शकको मनमा सफल छ्न ।

बिगत एक दशक भन्दा लामो समय देखि सांगितिक क्षेत्रमा पाइला चाले पनि केही गितको अपार सफलता पछि विविध कारण बस नेपाल छोडेर परदेशिएका उनले केही समयका लागि सांगीतिक यात्रालाई विश्राम लिनु पर्यो।प्रदेशमा अनेकौं दु:ख कष्ट सहनु परे पनि आफुले भोगेका भोगाइलाई कलात्मक तरिकाले शब्द सिर्जना गर्ने क्षमतामा झन निखारपन थपिदै गयो।र उनले फेरि सांगीतिक यात्रालाई निरन्तरता दिई एउटा चिनो छ नामक गीत बजार ल्याएका थिए ।एउटा चिनो नामक म्युजिक भिडियोको अपार सफलता पश्चात् उनले मौलिक तिज गित बजारमा ल्याएका छ्न।

सालैजो,स्याङ्जा बजारमा,काली गङ्गा ताल,प्रदेशीहुनाले, देउन आशीर्वाद ,एउटा चिनो छ लगायतका दर्जन भन्दा बढी गितमा स्वर दिएका उनले लय तथा शब्द आफै तयार गर्नुका साथै अभिनयमा पनि उनलाई देख्न सकिन्छ। मौलिक शब्दमा मिठासपन भर्दै यसपाली बजारमा तिज गित जाम कि नजाम भो लिएर आएका छन। कृष्ण काफ्लेको आफ्नै लय शब्द र स्वर रहेको यो गितमा गायिका मिरा तामाङ्गले स्वर दिएकी छिन भने गितको निर्देशन /छायांकन दुर्गा पौडेल गरेका छन । त्यसै गरि नवीन घर्ती मगरको सम्पादन,कृष्ण पुनको मिसिक्ङ्ग,माधव श्रेष्ठको कोरियोग्राफी रहेको गितको दृश्य निमार्ण एड्भेन्चर ईन्टरटेन्मेट्ले गरेको छ।मौलिक रुपमा तयार पारिएको यो गित अरु गित भन्दा विल्कुलै नयाँ ढङ्गले प्रस्तुत गरिएको छ। राधिका युवटुव च्यानलबाट सर्वत्र बजारमा उपलब्ध यो गितमा बहुप्रतिभाका धनी गायक कृष्ण काफ्ले र गायिका मिरा तामाङ्गको अभिनयलाई देख्न सकिन्छ। हेरौं बाकी सोही गितको भिडियो सहित सफलताको !

भिडियो : 

 

 
 
  
 

You may also like