सञ्चारको पहुँच पुगेन : टोलटोलबाट मुसिकोटको छत्रआधारभूतले पठनपाठन गराउँदै

गुल्मीको मुसिकोट नगरपालिका–१ चैनडाँडास्थित छत्रआधारभूत विद्यालयका विद्यार्थी भौतिक तथा सामाजिक दूरी कायम गरी अध्ययन गर्दै। शिक्षकले विद्यार्थीलाई पायक पर्ने स्थानमा पढाउन थाले।

हरि पाठक
गुल्मी।यतिबेला सहरमा बस्ने अभिभावकलाई अचेल बच्चाबच्चीको अनलाईन कक्षाको बिषयमा हतारो छ भने उता गाउँमा न भनेको बेलामा बिद्युत न सञ्चार न त रेडियो टेलिभिजन,शिक्षाबाट टाढा भए नानिबाबुहरूले जानेका कुरा पनि बिर्सिए के गराउने कसो गराउने भन्ने बाबुआमालाई पिर छ।साथै निरन्तर स्कुल पनि जान नमान्ने ती आफ्ना नानीबाबुहरूलाई मोबाइल र कम्प्युटरका स्क्रिनअगाडि घण्टौँ बसाइराख्नु पर्ने सकस हुनुका साथै शिक्षकले अगाडि राखेर पढाउँदा समेत केही सिक्न कठिन हुने बालबालिकालाई रेडियोमा सुन र बुझ लेख है भन्दा यो बेला शिक्षकलाई भन्दा अभिभावकहरूलाई बढी चिन्ताको बिषय बनेेेेको छ।

बन्दाबन्दी केही खुकुलो पारिए पनि अबस्था उस्तै जटिल नै छ यो बेला दूरदराजका विद्यार्थीहरू अनलाईन कक्षाबाट पढ्दैनन्। किनकी उनीहरूलाई अनलाईन पढाउन न निजी विद्यालयले जस्तो कसैले पहल गर्छ न त उनीहरूका बुवाआमाले घरमै बिजुली र इन्टरनेट जोड्न सक्छन् न त सञ्चारका साधन सबैका घरघरमा छन् उता बिद्यार्थीमा पनि पढाइ भन्दा कोरोनाकै चिन्ता छ।

यस्तै गत जेठ महिनामा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दै भर्चुअल माध्यमबाट नयाँ शैक्षिक सत्र सुरू गरिने बताउनुभएको थियो। प्रधानमन्त्रीले भनेको भर्चुअल माध्यमको नयाँ शैक्षिक सत्र शहरमा त केही चलेकै छ तर ग्रामीण भेग र दुरदराजका जिल्ला वा गाउँमा भने कहिलेबाट सुरू हुने हो टुंगो छैन त्यस्तै शिक्षा,बिज्ञान तथा प्रबिधिमन्त्री गिरीराजमणी पोख्रेलले सामुदायिक बिद्यालय क्वारेन्टिन बनाइएका कारण तत्काल बिद्यालय सञ्चालन गरि पठनपाठन गर्ने बिषयमा सोच्नै नसकिने तर बैकल्पिक माध्यममा अब अर्को बाटो मार्फत रेडियो टिभि तथा इन्टरनेटमार्फत शिक्षालाई निरन्तरता दिने वा अघि बढाउने केही योजना गर्ने तर हालै बिद्यालय भर्ना गरेर पढाउने वातावरण भने नरहेको बताउदै आइरहनुभएको छ। सुरू नै भइहाले छ भने पनि अधिकांश विद्यालयले त्यो लागू गर्न सक्ने छैनन् किन कि रेडियो टेलिभिजन र इन्टरनेटको पहुँचबाट धेरै नै टाढा छन्।त्यही बिबिध समस्या भएकै कारण गुल्मीको मुसिकोट नगरपालिका-१ को एक विद्यालयले नयाँ शैक्षिक सत्रको पठनपाठन आफ्नै तरिकाले केही सिक्न सकुन भनेर अनौपचारिक रूपमा सुरू गरेको छ ।

विद्यार्थीहरू गाउँका घरमा घरमा भौतिक तथा सामाजिक दुरी कायम गरेर नगरेर भए पनि बस्छन्।बिषयगत शिक्षकहरू पालैपालो आएर उनीहरूलाई पढाउँछन्।मुसिकोट एकको चैनडाँडास्थित छत्र आधारभूत विद्यालयले आइतबारदेखि यसरी विद्यार्थीहरूलाई पढाउन थालेको हो।

यो विद्यालयमा नयाँ शैक्षिक सत्रका भर्ना प्रक्रिया भने गरेका छैनन्। उनीहरूलाई किताब वितरण गरिसकिएको र त्यसलाई नै भर्नाको आधार मान्न सकिने प्रधानाध्यापक बिष्णु गिरीले समतल अनलाईनलाई जानकारी दिनुभयो।उहाले भन्नुभयो ‘भिन्नभिन्न कक्षाका विद्यार्थीलाई फरक फरक दिनमा विद्यालयमा नबोलाएर घरघरमै पुगेर किताब बाँडेका हौं,’ ।पाठ्यपुस्तक दुईरचार जना बाहेक सबैलाई बाडिएको बताइएको छ।

निजी बिद्यालयले शु:ल्क लिएर किताब बाढ्छ भने सरकारी विद्यालयका विद्यार्थीलाई सरकारले नि:शुल्क पाठ्यपुस्तक प्रदान गर्ने गर्दछ सबै बिद्यार्थीहरूले पाठ्यपुस्तक भने अझै पाएका छैनन् भने कतिपय ठाउँमा यसबारे केही जानकारी पनि नहोला भन्न सकिँदैन महामारीकै कारण कुनै ठाउँमा पढाउन सक्ने र पढ्ने सक्ने खालको वातावरण अझै पनि बनेको छैन कोही ठाउँ चासो नै छैन होला ।

गुल्मीको मुसिकोट-१ चैनडाँडामा रहेको छत्रआधारभूतले सरकारले निर्देशन गरेअनुसार असार १ गतेदेखि पाठ्यपुस्तक भने बाँडिसकेको र गाउँस्तरमा ईन्टरनेट र अन्य माध्यमबाट पठनपाठन सम्भव नभएकोले निश्चित दूरी कायम गरी समूह-समूह बनाएर पठनपाठन गर्ने अनौपचारिक निर्णयमा शिक्षक, विद्यालय व्यवस्थापन समिति र अभिभावक पुगेको उहाँले जानकारी दिनुभयो ।

बिद्यालयले सुरू गरेको अनौपचारिक पठनपाठनमा एउटा समूहमा करिब २०/२५ जना विद्यार्थी छन्।झण्डै डेढ सय बिद्यार्थीहरूलाई टोलटोलबाट तीन समूह बनाएर गाउँको टोलटोलबाट एक घरमा विद्यार्थीलाई पढाउन सुरू गरेको हो,’ उनले भने, ‘एक जना शिक्षकले एक समूहलाई पढाउनुहुन्छ।’बिहानको समयमा दुई घन्टाका दरले विद्यार्थीलाई नै पायक पर्ने ठाउँ टोलटोलमा गएर पठनपाठन सुरू गरेको उहाले बताउनुभयो ।

उक्त बिद्यालयमा सरकारी स्थायी दुई जना र करारमा २ जना गरि सरकारी दरबन्दीमा चार जना , निजी स्रोतबाट दुई जना,सहयोगी कार्यकर्ता बालशिक्षातर्फ १ जना शिक्षक र नगर शिक्षक १ जना र कार्यालय सहयोगी १ जना सहित बिद्यालयमा नौ जना शिक्षक छन् उहाले भन्नुभयो बिषयगतरूपमा एक जना शिक्षकले एक विद्यार्थी समूहलाई पढाउनुहुन्छ। उहाका आनुसार हप्ताको एक दिन कहिलेकाहीँ शिक्षक रोटेसन पनि गर्ने तयारी छ।’तीन जना शिक्षकका दरले पढाइ सुरू गरेका छौँ सरकारी निजी स्रोतका शिक्षकलाई तलवको ब्यबस्था भएकाले अहिले सबै शिक्षकलाई परिचालन गरिएको बिद्ययालय प्रधानाध्यापक बिष्णु गिरीले जानकारी गराउनुभयो।

बिद्यालयका प्र.अ. गिरीका अनुसार विद्यार्थीहरू खेलेरै बस्ने बाताबरणको बिकास हुन थालेको तर पढाइ नै भुल्न थालेकाले बिद्यार्थीको शैक्षिक भबिष्य अन्योलता जस्तै भएकोले यहाँ रोगको संक्रमण खासै नदेखिएको र अहिलेसम्म त्यस्तो जोखिम पनि नभएकाले टोलटोलमा गएर एक घरमा सामूहिक रूपमा सामाजिक दूरी कायम गरी पठनपाठन सुरू गरेका हौं । विभिन्न कक्षाका विद्यार्थी समेटेर समूह बनाइएर अनौपचारिक पठनपाठनलाई सञ्चालन जनाईएको छ ।बर्षायामको समयमा समूहरूपमा घरमामा राखेर पढाउँदा हावाहुरी र पानी पर्दा समस्या हुन सक्ने देखिन्छ ।

त्यस्तै बिद्यालयमा न उचित ब्यबस्थापनको शौचालय, नखानेपानी छ न बिद्यार्थी खेल्ने खुल्ला ग्राउन्ड नै छ,माथिबाट पहिरोले ग्राउन्ड नै साघुरो पारेको छ। उस्तै परे हावाहुरी आयो भने पनि विद्यार्थीलाई कहाँ लैजाने किसिमको सम्पूर्ण अभिभावक,बिद्यालय र बिद्यार्थीको समस्याको बिषय बनेको छ संबंधित निकायमा पटकपटक माग गर्दा सुनुवाई वा चासो नभएको गुनासो समेत छ,यो बिद्यालयमा बर्षौ बर्ष भयो यी समस्या भने टर्न सकेको छैन। विद्यालयमै पढाउने कि भन्ने पनि छलफल भएको थियो। तर क्वारेन्टाइन बनाउने भन्ने निर्णय र अन्य बिद्यालय क्वारेन्टाइन बनेकाले हाम्रो बिद्यालयमा मात्र पढाइ गर्न नमिल्ने वा असम्भव नै भएकाले खाली नै राखेका छौँ।

कोरोना महामारी र यसको नियन्त्रणका लागि सरकारले चैत्र ११ देखि जारी गरेको लकडाउनले गर्दा बिद्यार्थीको पठनपाठन समेत अन्योलता छाएको थियो तर असार १ देखि लकडाउन केही खुकुलो गरेता पनि जनजीवन उस्तै रहेको र बिद्यार्थीको पढाईप्रति समेत मनै नजाने स्थिति सिर्जना भएकोले केही हदसम्म भए पनि बिर्सिसकेका कुरालाई ताजकि राख्दै केही सिक्न सकुन् भन्ने योजनासहित कोरोनाको सन्त्रास र लकडाउन पुर्णरूपमा नखुलेसम्म कम्तिमा टोलटोलबाट एक घरमा राखेर पठनपाठनलाई निरन्तरता दिने अनौपचारिक निर्णय गरिएको बिद्यालयले जनाएको छ ।

सहरमा पो घरघरमै ईन्टरनेट छ होला र पो अनलाईन क्लास प्रभाबकारी बन्ला तर विद्यार्थी त दूरदराजका गाउँगाउँमा पनि छन् उनिहरूलाई झनै सास्ती छ अहिलेको शिक्षा कसरी प्रभाबकारी होला भन्ने अभिबाकलाई गम्भीर चिन्ताको बिषय यो महामारीमा बनिरहेको छ।यसै बेला शिक्षकको दुई चार दिनको रङ्ग बिद्यार्थी र अभिभावक नपरून दङ्ग भन्ने बिषय पनि चर्चा चलेको छ।यो चर्चा हल्लामै हराउने गरी अभिभावकले आफ्ना नानीबाबुहरूको गुनासो मेट्ने र सहजरूपमा सिक्नेबाताबरण प्रभाबकारी बन्ने कुरामा बिद्यालयले सञ्चालन गरेको यो बिद्यालयको बैकल्पिक शिक्षा र शिक्षकप्रति सबै अभिभाबक आशाबादी छन्।

 
 
  
 

You may also like